रामधुनी । जाडो छल्न सुनसरीको रामधुनी नगरपालिका–९ मा ३०० जनालाई न्यानो कपडा वितरण गरिएको छ ।
शनिबार लायन्स/लियो क्लव अफ इटहरी सिटी र द आर्ट अफ लिभिङ इटहरीको संयुक्त आयोजनामा कपडा वितरण गरिएको हो । विपन्न दलित समुदायको बसोबास रहेको रामधुनी नगरपालिका–९ स्थित मर्चैया गाउँमा आयोजकले प्रत्येक घरमा पुगेका कपडा बाढेका थिए ।
कार्यक्रम पूर्वि हटलाइन दैनिक पत्रिकाको संयोजनामा भएको थियो । जसको नेतृत्व पत्रकार धिरेन्द्र कुमार चौधरीले गरेका थिए ।चौधरीका अनुसार जाडो मौसममा विपन्न वर्गका मानिसलाई समस्या नहोस् भन्ने उद्देश्यले न्यानो कपडा वितरण गरिएको हो ।
कार्यक्रममा पुर्बी हटलाइन दैनिकका प्रधान सम्पादक शालिग्राम पाण्डे, आयोजक संस्थाका लियो अमरदीप पौडेल, रामधुनी ९ का वडा अध्यक्ष घनश्याम चौधरी लगायतको सहभागीता रहेको थियो ।