रामधुनी । सुनसरीको रामधुनी नगरपालिकामा शुक्रबारसम्म १ हजार ५ सय १० जना किशोरीले एचपिभी खोप लगाएका छन् । बुधबार सुरु भएको खोप अभियानमा शुक्रबारसम्म १ हजार ५ सय १० जना किशोरीले खोप लगाएको नगर स्वास्थ्य शाखाका नगेन्द्र पौडेलले जानकारी दिए ।
राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत सरकारले कक्षा ६ देखि १० सम्मका किशोरीहरु तथा विद्यालयबाहिरका १० देखि १४ वर्षसम्मका किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप देशैभर अभियानको रुपमा सञ्चालन गरिरहेको छ । सोहि अभियान अन्तर्गत रामधुनीमा गत माघ २३ गते सुरु भएको अभियान २९ गतेसम्म सञ्चालन हुदैन ।
रामधुनी नगरमा ३५ ओटा विद्यालय र ९ ओटा स्वास्थ्य केन्द्रहरु गरेर जम्मा ४४ ओटा खोप केन्द्रमार्फत कम्तिमा २ हजार ९२३ छात्रालाई खोप दिइदैछ ।




































Discussion about this post