रामधुनी । रामधुनी नगरपालिकाले युवाहरूका लागि निःशुल्क मोटरसाइकल मेकानिक तालिम सञ्चालन गर्ने भएको छ । नगरपालिकाले हिमालयन पोलिटेक्निक इन्स्टिच्युट प्रा.लि.सँगको सहकार्यमा व्यावसायिक तालिम उपलब्ध गराउने भएको हो ।
नगरपालिकाले एक सूचना प्रकाशित गर्दै तालिममा सहभागी हुन इच्छुक व्यक्तिहरूलाई ६ दिन (बैशाख १० गते) भित्र नगरपालिकाको रोजगार शाखामा सम्पर्क गर्न अनुरोध गरेको छ । कुल २० जनाको लागि खुलाइएको यो तालिम ३९० घण्टा अर्थात तीन महिनाको हुनेछ ।
तालिमका लागि न्यूनतम योग्यता साधारण लेखपढ भए हुने नगरपालिकाले जनाएको छ । आवेदन दिन इच्छुक व्यक्तिहरूले नागरिकताको प्रतिलिपि, दुई प्रति पासपोर्ट साइजको फोटो, टोल विकास संस्थाको सिफारिसपत्र पेश गर्नुपर्नेछ । महिला, दलित तथा पिछडिएको वर्गलाई तालिममा प्राथमिकता दिइने नगरपालिकाले स्पष्ट पारेको छ । साथै, तालिम अवधिभर सहभागीहरूलाई सहयोगस्वरूप खाजाकोसमेत व्यवस्था गरिएको छ ।
तालिमले स्थानीय युवाहरूलाई सीप सिकाएर आत्मनिर्भर बनाउन र रोजगारीको अवसर बढाउन महत्वपूर्ण योगदान रोजगार शाखा प्रमुख खगेन्द्र सुब्बा फोम्बोहांगले बताए ।






























Discussion about this post