रामधुनी । नेकपा (एमाले) रामधुनी नगर कमिटीले झुम्कामा आयोजना गरेको रक्तदान कार्यक्रममा ६७ जनाले रगक्तदान गरेका छन् ।
पार्टीको तीन महिने वडा केन्द्रीत जरा अभियान अन्तर्गत तथा नेपालमा कम्युनिष्ट पार्टीको ७६ औँ स्थापना दिवसको अवसरमा एमालेले शनिबार रक्तदान कार्यक्रम आयोजना गरेको थियो ।
एमाले स्थानीय कमिटी सदस्य एवं कोशी प्रदेशका पूर्व मूख्यमन्त्री भीम आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता तथा स्थानीय सर्वसाधारणले रक्तदान गरेको कार्यक्रम संयोजक डेगराज फुँयालले बताए ।






























Discussion about this post