Wednesday, April 22, 2026
हाम्राे शब्द
  • गृहपृष्ठ
  • समाचार
    चालु आर्थिक बर्षको आठ महिनामा रामधुनी नगरपालिकाको अनुमानित राजश्व ४९ प्रतिशत मात्रै

    रामधुनीमा लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण सम्पन्न, प्रतिवेदन हस्तान्तरण

    संघीय संसद्मा पुग्यो पूर्वन्यायाधीश कार्की आयोगको प्रतिवेदन, संसद् सचिवालयको पुस्तकालयमा रहने

    राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

    संसद् मर्यादित र अनुशासित हुनुपर्छ, दलीय भेदभाव गर्दिनँ : सभामुख अर्याल

  • राजनीति
    मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा

    प्रधानमन्त्री बालेन शाहद्वारा मधेशका सांसदहरूसँग छलफल

    अध्यक्ष ओलीको रिहाइको माग गर्दै एमाले शीर्ष नेताहरू सडकमा

  • समाज
  • शिक्षा
  • दृष्टिकाेण
    शैक्षिक क्षेत्रको सुधारमा ‘बोल्ड’ इटहरी उपमहानगर– कर्मचारी र जनप्रतिनिधिका सन्तान सामुदायिक विद्यालयमा पढ्नुपर्ने निर्णय

    इटहरीका मेयर हेमकर्ण पौडेल भन्छन् : हल्ला, आरोप र विरोधले देश बन्दैन

    अनुचित तरिकाले मेरो सदस्यता रोकियो, महाधिवेशनमा भौतिक उपस्थिति नभए पनि तपाईंहरूको साथमा छु : विद्यादेवी भण्डारी

    रवि लामिछाने भाग्छ भन्ने डर छ भने मलाई बोलाउनुस्, ल्याप्चे लगाएर निकाल्न तयार छु : सुनिल शर्मा

    उपेन्द्र यादव भन्छन् : मुलुकमा निर्वाचनको विकल्प छैन

    फायल तस्बिर

    नेपाली कम्युनिष्ट पार्टी बनेपछि प्रचण्डले भने – एकताले विश्वभर बलियो सन्देश दिएको छ

    अन्तरिम सरकारले थारु समुदायलाई बेवास्ता गरेर विभेदको परम्परा दोहोर्‍यायो : चौधरी

  • अन्तरवार्ता
    पर्यटन पूर्वाधार विस्तारलाई फोकस गरेका छौं, रामधुनी मन्दिर प्राथमिकतामा छ : मेयर चौधरी

    पहिलो कार्यकालमा राम्रो काम नगरेको भए पुनः दोस्रोपटक जित्न संभव थिएन : चौधरी (अन्तर्वार्ता)

    ‘बराहक्षेत्रको नगर अस्पतालमा चरम लापरबाही भएको छ, वास्तविकता बाहिर ल्याउँदैछौँ’

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    Trending Tags

    • अन्य
      • फाेटाे फिचर
      • अर्थ/उत्पादन
      • कला/साहित्य
      • विभेद
      • दर्शन
      • इतिहास
      • पत्रपत्रिकाबाट
      • हाम्राे शब्द विशेष
      • खेलकुद
      • स्वास्थ्य
      • विश्व
    No Result
    View All Result

      Home दृष्टिकाेण

      सुनसरी ४ : गठबन्धन र जातीय समीकरण मुख्य ‘फ्याक्टर’

      यस क्षेत्रमा गिरिजाप्रसाद कोइरालाले २०४८ सालमा क्षेत्र नं. ४ मा परेको बेला, ०५१ सालको मध्यावधि निर्वाचनमा र ०५६ सालको संसदीय निर्वाचनमा क्षेत्र नं. ५ मा परेका बेला जितेका थिए। पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा संघीय समाजवादी फोरम नेपाल अध्यक्ष उपेन्द्र यादवले चुनाव जितेको क्षेत्र हो यो।

      हाम्राे शब्द by हाम्राे शब्द
      २३/०७/२०७९
      सुनसरी ४ : गठबन्धन र जातीय समीकरण मुख्य ‘फ्याक्टर’
      224
      SHARES
      Share on FacebookShare on Twitter

      रामधुनी । सुनसरीको भोक्राहा–नरसिंह गाउँपालिका ६ का बेनीलाल साह चिया पिइरहेको अवस्थामा भेटिए । राजनीतिबारे चासो नराख्ने उनले सुनसरी ४ को निर्वाचन गतिविधि भने नियालिरहेका रहेछन् ।

      चिया गफकै क्रममा उनले भने, ‘यसपटक पनि कांग्रेसकै कार्कीले जित्छ। मन्त्री भईकन पनि दुई–चार महिनामै भेट्न आइरहन्छ। उसले चुनाव नजिते कसले जित्छ त?’

      छेउमै उनीसँग गफ गरिरहेका अर्का एकजनाले भने उनको भनाइको प्रतिकार गरे। ‘आफ्ना मान्छेलाई मात्रै च्यापेर चुनाव जितिन्छ?’ ती व्यक्तिले नाम बताउन चाहेनन्। उनले भने, ‘विकासको काम गरेर मात्रै हुँदैन। आफ्नाबाहेक अरू पनि मान्छे छन् भनेर बुझ्नुपर्छ।’

      यो हो, सुनसरी निर्वाचन क्षेत्र ४ मा पर्ने एक ठाउँ, दुई पात्र, परिस्थिति उही तर भिन्न कुरा। यस क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की र नेकपा एमालेसहित जसपा गठबन्धनबाट जगदीश कुसियत मैदानमा छन्। कार्की सूचना, सञ्चार तथा प्रविधिमन्त्री हुन् भने कुसियत एमाले सुनसरीका इन्चार्ज हुन्।

      कार्की ०७४ को निर्वाचनमा सुनसरी ४ बाट विजयी भएका थिए। त्यति बेला पनि उनी अर्थमन्त्री थिए। यही क्षेत्रमा आफू स्थायी रूपमा बासिन्दा भएको बताउँदै आएका कार्कीलाई यसपटक बाजी मार्न निकै चुनौतीको सामना गर्नुपरिरहेको छ। कांग्रेसको १४ औँ महाधिवेशनमा ‘आफ्नो गुटकालाई मात्रै च्यापेको’ आरोप प्रमुख चुनौती रहेको मतदाताहरू बताउँछन्।

      कार्कीले ०७४ को निर्वाचनमा एमालेका रमेश श्रेष्ठलाई पराजित गरेका थिए। त्यति बेला उनले ३२ हजार ३४७ मत ल्याउँदा एमालेका श्रेष्ठले २५ हजार ७५० मत ल्याएका थिए।

      कार्कीले ०७४ को निर्वाचनमा भने एमालेले कमजोर उम्मेदवार उठाएका कारण जितेको समेत भनियो। उनै कार्की आफूले त्यसबेला गरेका चुनावी बाचा ८० प्रतिशतभन्दा बढी पूरा गरेको दाबी गर्दै घरदैलोमा छन्। प्रधानमन्त्री शेरबहादुर देउवाका विश्वासिला पात्र कार्कीका शुभेच्छुकहरूले ‘अहिले चुनाव जिते फेरि पनि मन्त्री पक्का हुने र यो ठाउँको विकास हुने’ बताउँदै मत मागिरहेका छन्।

      त्यसो त कार्कीले चुनाव जितेर गएपछि यो ठाउँको श्रीलंका टापुमा पचास वर्षदेखि नपुगेको बिजुली पु¥याएका छन्। श्रीलंका टापु त्यही ठाउँ हो, जुन गत साउनको बाढीमा पनि सप्तकोसीले कटान गरेको थियो।

      सप्तकोसीबाट प्रताडित यस ठाउँका मतदाता भने उत्साहित देखिँदैनन्। विकास निर्माणका काम नभएको र आफ्नो दैनिकी उस्तै रहेको उनीहरूको गुनासो छ।

      गिरिजाप्रसाद कोइरालासँग ०५१ मा चुनावी प्रतिस्पर्धा गरेका एमालेका कुसियत आफू रैथाने भएको र कांग्रेसले विकास नगरेको आरोप लगाउँदै घरदैलो अभियानमा छन्। ०७४ मा सुनसरी क्षेत्र नं. (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित कुसियत शेरधन राई मुख्यमन्त्री हुँदा प्रदेश १ को वन, वातावरण, उद्योग तथा पर्यटनमन्त्री थिए।

      यस क्षेत्रमा जसपाको राम्रो मत रहेको उनको दाबी छ। एमाले–जसपा गठबन्धनका कारण आफूले चुनाव जित्ने निश्चितजस्तै रहेको बताउँदै उनी चुनावी अभियानमा छन्।

      तर यसई स्वीकार गर्ने पक्षमा छैनन् लोकतान्त्रिक समाजवादी पार्टीबाट उम्मेदवार रहेका कुञ्जीलाल यादव। ‘जसपाका नेताहरूले माथि गठबन्धन गरे पनि यो ठाउँका जनतासँग म नजिक छु। सोही कारण यहाँको मत मलाई आउँछ,’ यादवले हिमालप्रेससँग भने, ‘नेताहरूले पो हो त गठबन्धन गरेको, जनताले गरेको होइन। म यो ठाउँका जनतासँग नजिक भएका कारण जसपासहितको मत मलाई आउँछ।’

      उनले सुनसरी ४ मा आफ्नो र कांग्रेसको प्रतिस्पर्धा हुने र एमाले प्रतिस्पर्धामै नआउने दाबी गरे। ‘एमालेसँग प्रतिस्पर्धा नै छैन, ज्ञानेन्द्रबहादुर कार्की र म मध्ये एकजना निर्वाचित हुने हो,’ उनले मधेश प्रदेशमा कांग्रेस र लोसपाको गठबन्धन रहेको स्मरण गर्दै भने, ‘प्रदेश १ मा लोसपासँग गठबन्धन नभए पनि मधेश प्रदेशमा गठबन्धन छ। सुनसरी ४ बाट म र कार्कीमध्ये एकजना निर्वाचित हुने हो, जो भए पनि गठबन्धन नै हुन्छ।’

      यादव यसअघि नेपाली कांग्रेसमा थिए। गत जेठ ८ गते लोसपाका अध्यक्ष महन्थ ठाकुरले टिकट दिने निश्चित गरेसँगै कांग्रेसबाट अलग भएको घोषणा गरेका थिए। यस क्षेत्रमा मधेश समुदायको बाहुल्य रहेका कारण सो मत उनले ल्याउने अनुमान गरिएको छ।

      यादवको उम्मेदवारीले कांग्रेसलाई क्षति नहुने र जसपासहितको मत उनले काट्ने अनुमान गरिएको छ। तर कांग्रेसबाटै अलगिएका कारण उनलाई कांग्रेसको मत पनि जान सक्ने बुझिएको छ। प्राध्यापकसमेत रहेका यादव यो ठाउँका रैथाने भएकैले उनको पक्षमा धेरैजसो मतदाता रहेको आकलन गरिएको छ। तर चुनाव जित्ने अवस्था भने छैन।

      कांग्रेसका कार्कीले निर्वाचन जितेसँगै यो ठाउँको विकासका निम्ति हातेमालो गर्दै आएको बताइन्छ। बिजुली, सडक, शिक्षा तथा स्थानीय मानिसको जीवनस्तर उकास्न विभिन्न क्षेत्रमा लगानी गर्दै आएका छन्। सञ्चारबाट पनि टाढा रहेको यस क्षेत्रमा उनले सञ्चारमन्त्री हुँदै नेटवर्क समस्या समाधान पनि गरेको बताउँदै आएका छन्।

      एमालेका कुसियत प्रदेशको मन्त्री हुँदा ‘सिन्को समेत नभाँचेको’ आरोप लगाउँदै अहिले कांग्रेस चुनावी अभियानमा होमिएको छ।

      यसपटक सुनसरी ४ मा रोचक प्रतिस्पर्धा हुने आकलन छ। कांग्रेसका प्रभावशाली तथा एमालेका पुराना नेताबीचको चुनावी टक्करमा कसले बाजी मार्ला, त्यसका लागि चाहिँ मंसिर ४ पर्खनैपर्छ।

      धेरैजसो कांग्रेसकै कार्यकर्ता कार्कीसँग रिसाएका छन् । कारण हो, कांग्रेसको १४ औँ महाधिवेशन। ‘महाधिवेशनताका आफू निर्वाचन क्षेत्रमै बसेर आफ्ना गुटलाई मात्रै च्यापेको, स्थानीय तहको निर्वाचनमा पनि वडातहदेखि पालिकासम्म आफ्ना गुटकालाई मात्रै टिकट दिएको’ आरोप खेप्दै आएका कार्कीले यसपटक जित निकाल्न निकै मिहिनेत गर्नुपर्ने देखिन्छ।

      यद्यपि सुनसरी ४ अघिल्लो निर्वाचनमा वाम गठबन्धन हुँदा कांग्रेस एक्लैले निर्वाचन जितेको क्षेत्र हो। कांग्रेस एक हुने हो र गठबन्धनको पनि मत पाउने हो भने कार्कीलाई त्यति चुनाव जित्न त्यति कठिन छैन।

      त्यसो त यसअघि कहिल्यै नजितेको बराहक्षेत्रमा गत स्थानीय निर्वाचनमा प्रमुख जितेका कारण पनि कांग्रेसको मत बलियो रहेको बताइन्छ। बराहक्षेत्र बाहेकका अन्य चार पालिकामा कांग्रेसले प्रमुख, उपप्रमुख जितेको छ। आफूले गरेका कामले नै फेरि पनि आफू निर्वाचित हुने बताउँदै आएका कार्की अहिले जनतासँग मत माग्दै उनीहरूका माग र समस्या सुन्दै आएका छन्। बेरोजगारी निरुत्साहन, युवालाई रोजगार र विकासका काम गर्ने उनका चुनावी मुद्दा हुन्।

      एमालेका कुसियतले भने सप्तकोसीपीडित, कोसी टप्पु वन्यजन्तु आरक्षमा जंगली जनावर पीडितको दीर्घकालीन समस्या समाधान, ग्रामीण सडकको विस्तारलगायतका मुद्दा अघि सारेका छन्।

      जातीय समीकरणका आधारमा मत विभाजन भएमा कुसियतलाई सहज हुने देखिन्छ। तर चुनावै जित्ने सम्भावना भने कम छ। प्रदेशको मन्त्री हुँदा ‘देखिन लायक केही काम नगरेका’ कारण र ०६५ भदौ २ मा सप्तकोसी नदीको पूर्वी तटबन्धन बाँध भत्किएर मानव बस्तीमा पस्दा त्यहाँबाट पीडित भएकालाई राहत प्याकेज नपाएकाले कुसियतप्रति स्थानीय रुष्ट छन्।

      तत्कालीन सरकारले राहत प्याकेजको कार्यक्रमअन्तर्गत सुकुम्बासीलाई काठ दिने निर्णय गरेकोमा कुसियतले विभागीय प्रदेशमन्त्री हुँदा कार्यान्वयन गर्न नसकेकाले पनि उनको भूमिका नदेखिएको स्थानीयको आरोप छ।

      उता, जनता समाजवादी पार्टीका नेतासमेत रहेका खालिद हुसैनले पार्टीबाट असन्तुष्ट भएर स्वतन्त्र रूपमा उम्मेदवारी दिएका छन्। मुस्लिम समुदायको मत खालिदले प्राप्त गरेको अवस्थामा भने एमालेका कुसियत र कांग्रेसका कार्कीले अपेक्षा गरेअनुसार मत प्राप्त हुँदैन। सो कारण दुवैलाई असर पर्नेछ।

      २०५६ सालको संसदीय निर्वाचन र ०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा कांग्रेसका कार्की भोजपुरबाट पराजित भए। दोस्रो संविधानसभा निर्वाचनमा समानुपातिकबाट सांसद भएका उनले ०७४ मा सुनसरी ४ बाट बाजी मारेका थिए।

      यस क्षेत्रमा गिरिजाप्रसाद कोइरालाले २०४८ सालमा क्षेत्र नं. ४ मा परेको बेला, ०५१ सालको मध्यावधि निर्वाचनमा र ०५६ सालको संसदीय निर्वाचनमा क्षेत्र नं. ५ मा परेका बेला जितेका थिए। पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा संघीय समाजवादी फोरम नेपाल अध्यक्ष उपेन्द्र यादवले चुनाव जितेको क्षेत्र हो यो।

      सुनसरी ४ मा कुल एक लाख २८ हजार ६५ मतदाता छन्। यो क्षेत्रमा मेहेता, मियाँ, साह, यादव, मण्डल, मुसहर, उराउ समुदायको बसोबास छ।

      यहाँ कोसी गाउँपालिकाका सबै वडा, भोक्राहा–नरसिंह गाउँपालिकाका सबै वडा, हरिनगरा गाउँपालिकाका १, २, ४, ५, ६ र ७, इनरुवा नगरपालिकाका ३, ४ र ८, रामधुनी नगरपालिकाका ४ र बराहक्षेत्र नगरपालिका ६, ७, ८, ९, १० र ११ नम्बर वडाहरू समावेश छन्।

      स्थानीय तहको निर्वाचनमा बराहक्षेत्रको उपप्रमुख र रामधुनीको प्रमुख, उपप्रमुखबाहेक अरु सबै पालिकामा कांग्रेसले जितेको छ।

      Previous Post

      सुनसरीमा निर्वाचनभर मादक पदार्थ बिक्री–वितरण र सेवन निषेध (सुचनासहित)

      Next Post

      ब्याजदर वृद्विविरुद्ध इटहरीमा व्यवसायीको प्रदर्शन

      हाम्राे शब्द

      हाम्राे शब्द

      पत्रकारिताका विभिन्न माध्यमहरु मध्य निकै प्रभावकारी देखिएको अनलाइन सञ्चार माध्यम हामीले सञ्चालनमा ल्याएका छौँ । पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि द्वारा हाम्रो शब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      सम्बन्धित खबर

      चालु आर्थिक बर्षको आठ महिनामा रामधुनी नगरपालिकाको अनुमानित राजश्व ४९ प्रतिशत मात्रै
      समाचार

      रामधुनीमा लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण सम्पन्न, प्रतिवेदन हस्तान्तरण

      by हाम्राे शब्द
      ०७/०१/२०८३
      0

      रामधुनी । रामधुनी नगरपालिकामा लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण सम्पन्न भएको छ । नगरपालिकाको सहकार्यमा शुभ युग मिडिया प्रा.लि....

      संघीय संसद्मा पुग्यो पूर्वन्यायाधीश कार्की आयोगको प्रतिवेदन, संसद् सचिवालयको पुस्तकालयमा रहने
      समाचार

      संघीय संसद्मा पुग्यो पूर्वन्यायाधीश कार्की आयोगको प्रतिवेदन, संसद् सचिवालयको पुस्तकालयमा रहने

      by हाम्राे शब्द
      ०२/०१/२०८३
      0

      सुनसरी । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वमा गठित जाँचबुझ आयोगको प्रतिवेदन संघीय संसद् सचिवालयमा पुगेको छ । सचिवालयका सहसचिव तथा प्रवक्ता...

      मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा

      मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा

      २४/१२/२०८२
      राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

      संसद् मर्यादित र अनुशासित हुनुपर्छ, दलीय भेदभाव गर्दिनँ : सभामुख अर्याल

      २३/१२/२०८२

      २२/१२/२०८२
      अमेरिकामा बलात्कार गरेको आरोपमा कलाकार सागर लम्साल ‘बले’ पक्राउ, जाहेरी भने अझै परेन

      २१/१२/२०८२

      Discussion about this post

      No Result
      View All Result
      • बढी पढिएकाे
      • प्रतिक्रिया
      • ताजा खबर
      एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा

      २३/०९/२०८२
      रामधुनी–७ का वडा अध्यक्ष केशव गौतम गाउँकै महिलासँग होटलबाट रंगेहात पक्राउ

      २४/०८/२०८०
      तरकारी बोक्ने गाडीले ठक्कर दिँदा सुनसरीको रामधुनीमा दुई जनाको ज्यान गयो

      ०६/१२/२०८२
      रामधुनीमा एक महिलामाथि सामुहिक रुपमा निर्घात कुटपिट

      १३/०५/२०८०

      Hello world!

      0
      चालु आर्थिक बर्षको आठ महिनामा रामधुनी नगरपालिकाको अनुमानित राजश्व ४९ प्रतिशत मात्रै

      रामधुनीमा लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण सम्पन्न, प्रतिवेदन हस्तान्तरण

      0
      १० महिनामा दुई हजार ४२३ मा स्क्रब टाइफस पुष्टि

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      0
      चालु आर्थिक बर्षको आठ महिनामा रामधुनी नगरपालिकाको अनुमानित राजश्व ४९ प्रतिशत मात्रै

      रामधुनीमा लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण सम्पन्न, प्रतिवेदन हस्तान्तरण

      ०७/०१/२०८३
      संघीय संसद्मा पुग्यो पूर्वन्यायाधीश कार्की आयोगको प्रतिवेदन, संसद् सचिवालयको पुस्तकालयमा रहने

      संघीय संसद्मा पुग्यो पूर्वन्यायाधीश कार्की आयोगको प्रतिवेदन, संसद् सचिवालयको पुस्तकालयमा रहने

      ०२/०१/२०८३
      मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा

      मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा

      २४/१२/२०८२
      राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

      संसद् मर्यादित र अनुशासित हुनुपर्छ, दलीय भेदभाव गर्दिनँ : सभामुख अर्याल

      २३/१२/२०८२

      हाम्राे बारेमा

      पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि. द्वारा हाम्रोशब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      हाम्राे टिम / सम्पर्क

      अध्यक्ष/सञ्चालक : शिशिर भट्टराई
      सम्पादक : अञ्जना चौधरी
      सम्वाददाता : रिता ढकाल
      संवाददाता : नविन दाहाल
      ठेगाना : रामधुनी-५, सुनसरी
      सम्पर्क इमेल : hamrosabda24@gmail.com
      माेबाइल नम्बर : ९८६२९७७०६६

      दर्ता विवरण

      कम्पनीकाे नाम : शुभयुग मिडिया प्रा.लि.
      कम्पनी दर्ता नं. : २३८९३५/२०७७/०७८
      स्थायी लेखा नं. : ६०९७६७२९८
      प्रेस काउन्सिल सूचिकृत नं.: ३९१७
      सूचना विभाग दर्ता नंं. : ३७३९/२०७९/०८०

      फेसबुकमा फलाे गर्नुहाेस्

      © Shubhayug Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana