रामधुनी । विगतमा खाल्डाखुल्डी धेरै भएर जनगुनासो हुने गरेको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल रामधुनी मन्दिर जाने बाटो विस्तारै व्यवस्थित बन्दै गएको छ ।
उक्त सडकखण्ड अन्तर्गत सिङ्गीया खण्डमा प्रदेश सरकारको ३० लाख र संघीय सरकारको ५० लाख बजेटमा गतबर्ष बाटो स्तरउन्नती भएको थियो भने रामधुनी नगरपालिका–४ को बैठार चौकदेखि मन्दिरसम्म नगरपालिकाको आन्तरिक श्रोतबाट एक करोड ५० लाख बजेटमा बाटो स्तरोन्नति गरेको नगर प्रमुख शंकरलाल चौधरीले जानकारी दिए ।
‘हामीले मन्दिरसम्म जाने बाटोलाई व्यवस्थित गरेका छौँ । यसलाई भबिष्यमा थप बिस्तार गर्ने प्रयास भइरहेको छ । मैले रामधुनी मन्दिर जाने व्यवस्थित र दिर्घकालिन बाटो निर्माणका लागि संघीय सकारसँग पनि पहल गरिरहेको छु ।’ नगर प्रमुख चौधरी भने, ‘हामीले सानोतीनो बजेट खर्चेर भए पनि यात्रुहरुलाई समस्या नहोस् भनेर स्तरोन्नतिको काम गरेका छौँ । भबिष्यमा धेरै राम्रो बाटो बनाउँने योजना छ ।’
विगतमा खाल्डाखुल्डी परेर सकड बिग्रदा तीर्थयात्री र स्थानीयलाई यात्रा गर्न समस्या हुने गरेको भन्दै उक्त बाटोको बिषयलाई लिएर नगरपालिकाको चर्को आलोचना हुने गरेको थियो । लालपुर, मानपुर, प्रकाशपुर, राजावास, सालवनी लगायतका स्थानीयलाई पूर्व–पश्चिम राजमार्गको झुम्कासँग जोडने यो छोटो दूरीको सडक हो । खाल्डाखुल्डी परेको सडक समयमा मर्मत नहुँदा तीर्थयात्री र स्थानीयलाई समस्या हुने गरेको थियो । अहिले भने यो समस्या हल भइसकेको छ ।
(रामधुनीमा ६० काम ६० समाचार : स्थानीय तह निर्वाचन २०७९ देखि आजम्म समाचार श्रृङखला अन्तर्गत)


































Discussion about this post