रामधुनी । रामधुनी नगरपालिका वडा नम्बर ६ ले कृषकलाई लक्षित गरी विषादी छर्ने स्प्रे मेसिन वितरण कार्यक्रम निरन्तर सञ्चालन गर्दै आएको छ । खेतबारीमा रोग–कीरा नियन्त्रण, उत्पादन वृद्धि र कृषि लागत घटाउने लक्ष्यसहित वडा कार्यालयले यो कार्यक्रम अगाडि बढाएको हो ।
वडाकी कृषि प्राविधिक दुर्गा सापकोटाका अनुसार वडा कार्यालयले विगत दुई वर्षदेखि प्रत्येक वर्ष ३५ थानका दरले जम्मा ७० जना कृषकलाई स्प्रे मेसिन वितरण गरिसकेको छ । उनले भनिन्, ‘किसानलाई आधुनिक प्रविधि अपनाउन सहज होस् र उत्पादन सुरक्षित होस् भन्ने हाम्रो मुख्य उद्देश्य हो ।’
वडाले यस कार्यक्रमका लागि आर्थिक वर्ष २०८०/०८१ र २०८१/०८२ मा समान रूपमा एक–एक लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । यस कार्यक्रमबाट वडाका ७० जना कृषक प्रत्यक्ष लाभान्वित भएका छन् । उनीहरूले स्प्रे मेसिन पाएपछि रोग–कीरा नियन्त्रण सजिलो, विषादी छर्ने काममा समय र खर्च दुवै घटेको प्रतिक्रिया दिएका छन् ।
कृषिलाई आधुनिक बनाउने लक्ष्यअनुसार आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने वडाध्यक्ष शिवशंकर राजधामीका बताए । उनले भने, ‘हाम्रो वडा कृषिमा आधारित जनसंख्या धेरै छ । कृषिको बिकास नभएसम्म वडाको बिकास संभव छैन । त्यसैले कृषिलाई आधुनिक हाम्रो लक्ष्य छ ।
(रामधुनीमा ६० काम ६० समाचार : स्थानीय तह निर्वाचन २०७९ देखि आजम्म समाचार श्रृङखला अन्तर्गत)


































Discussion about this post