रामधुनी । इटहरी उपमहानगरपालिकाका पूर्व नगरप्रमुख द्वारिकलाल चौधरीलाई नेकपम एमालेले कारबाही गर्ने भएको छ ।
एमाले कोशी प्रदेश कमिटी सदस्य रहेका चौधरीले पटकपटक पार्टी हितविपरीत गतिबिधि गर्दै आएको र सोधिएको स्पष्टीकरणको जवाफसमेत नदिएका कारण कारबाही गर्न लागिएको एमालेका एक नेतालाई बताए ।
उनलाई एमाले कोशी प्रदेश कमिटीको तर्फबाट अध्यक्ष घनश्याम खतिवडाले दोस्रोपटक २०८२ वैशाख २ मा स्पष्टीकरण सोधेका थिए ।
उनीमाथि एमाले कोशी प्रदेश कमिटीका खानेपानी तथा सरसफाइ विभाग सचिव रामप्रसाद चौलागाईंविरूद्ध सामाजिक सञ्जाल र भ्वाइसकलबाट जथाभावी गालीगलौज गरेको आरोप छ ।































Discussion about this post