रामधुनी । रसुवामा आएको भीषण बाढीबाट प्रभावितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि समुदायमा आधारित दैवी प्रकोप पूर्वतयारी कार्यक्रम (सिबीडिपी) रामधुनी नगरपालिका–२, धमौराले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ हजार ५५० सहयोग गरेको छ ।
सिबीडिपीका संयोजक खगेन्द्र कार्कीको नेतृत्वमा गरिएको सहयोग कार्यक्रममा संस्थाका पदाधिकारी तथा स्थानीयको सहभागिता रहेको थियो ।
देश विपत्तिमा रहेका बेला पीडितलाई सहयोग गर्नु आफ्नो कर्तव्य ठानेर राहतका लागि सहयोग गरिएको सिबीडिपीका सचिवसमेत रहेका स्थानीय शिक्षक संजीव चौधरीले बताए ।
रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठूलो जनधनको क्षति भएपछि विभिन्न संघसंस्था तथा व्यक्तिले राहत, उद्धार र पुनःस्थापनाका लागि सहयोग गर्दै आएका छन् ।



































Discussion about this post