रामधुनी । नेपाली कांग्रेस रामधुनी वडा नम्बर १ को सभापतिमा रामभरोस साह रौनियार सर्वसम्मत निर्वाचित भएका छन् ।
आइतबार सम्पन्न वडा अधिवेशनबाट रौनियारलाई वडा सभापतिमा सर्वसम्मत चयन गरिएको नेपाली कांग्रेस रामधुनी नगर कार्यसमितिका सचिव महेश चौधरीले जानकारी दिए ।
रौनियार हाल रामधुनी वडा नम्बर १ का वडा सदस्यका रूपमा कार्यरत छन् । स्थानीय जनप्रतिनिधिका रूपमा उनले निर्वाह गरेको भूमिकाका कारण उनी वडामा लोकप्रिय जनप्रतिनिधिका रूपमा परिचितसमेत छन् ।
पार्टी संगठनमासमेत सक्रिय रौनियारलाई वडा सभापतिको जिम्मेवारी दिइएसँगै वडा नम्बर १ मा कांग्रेसको नेतृत्व सर्वसम्मत रूपमा टुंगिएको हो । अधिवेशनले वडा कार्यसमितिका अन्य पदाधिकारी तथा सदस्यसमेत चयन गरेको जनाइएको छ ।
सभापतिमा सर्वसम्मत निर्वाचित रौनियारले वडा तहमा पार्टी संगठनलाई थप सुदृढ बनाउँदै कार्यकर्ताबीचको एकता र सहकार्यलाई प्राथमिकतामा राखेर अघि बढ्ने बताएका छन् ।



































Discussion about this post