काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको १५ औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित गगन थापालाई बधाई दिँदै देशलाई सही गन्तव्यमा पु¥याउन फरक विचार र भावनालाई समेटेर अघि बढ्नुपर्ने बताएका छन् ।
शर्माले थापाको नेतृत्वमा सुरु भएको नयाँ यात्रालाई लक्ष्य प्राप्तिको अन्तिम बिन्दु नभई सुरुआतका रूपमा व्याख्या गरेका छन् । उनले राजनीतिक यात्रामा चुनौती आउन सक्ने भन्दै त्यसको सामना संयमतापूर्वक गर्नुपर्नेमा जोड दिएका छन् । ‘यात्राको सुरुआत हो, लक्ष्यको प्राप्ति होइन,’ शर्माले भनेका छन् ।
उनले देशलाई गन्तव्यमा पु¥याउन अझै धेरै काम गर्न बाँकी रहेको उल्लेख गरेका छन् । त्यसका लागि फरक मत र मन भएका व्यक्तिहरूलाई समेत जोड्दै अघि बढ्नुपर्ने उनको भनाइ छ ।
शर्माले सामाजिक सञ्जालमार्फत थापालाई सम्बोधन गर्दै यात्रामा आइपर्ने अप्ठ्यारालाई संयमका साथ सामना गर्न र सबैलाई समेटेर अघि बढ्नुपर्ने सन्देश दिएका हुन् ।
‘हिँड्नु धेरै छ हामीले, गन्तव्यमा पुर्याउनुछ देशलाई । अप्ठ्यारा आउँछन्, सामना गर्नुछ संयमले, जोड्नु छ भिन्न मत र मनहरू,’ उनले लेखेका छन् ।
थापालाई नेतृत्वको जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्न शुभकामना दिँदै शर्माले आफू उनको साथमा दृढतापूर्वक उभिएको बताएका छन् । ‘अपार विश्वास र दृढ साथका साथ, उभिएको छु साथमा, लामबद्ध छौँ साथमा लु ब्रदर बलियो कमान्डका लागि शुभकामना !’ शर्माले भनेका छन् ।



































Discussion about this post