रामधुनी । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङबाट असुरक्षित भएको भन्दै सुनसरीका पत्रकारहरुले जिल्ला प्रशासन कार्यालय सुनसरी मार्फत गृहमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाएका छन् ।
नेपाल पत्रकार महासंघ सुनसरीको आह्वानमा शुक्रबार पत्रकारहरूले सुरक्षाको माग गर्दै सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे समक्ष ज्ञापनपत्र बुझाएका हुन् ।
मेयर सम्पाङले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्ध अभिव्यक्ति दिएर पत्रकारलाई काम गर्न समेत असुरक्षित बनाएकाले सुरक्षाको माग गर्दै आन्दोलनमा उत्रिनुपरेको पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राइले बताए ।
ज्ञापनपत्र बुझ्दै प्रजिअ पाण्डेले प्रेस स्वतन्त्रताको पक्षमा र पत्रकारहरुको सुरक्षामा आफु गम्भीर भएकाले निर्धक्क भएर काम गर्न अनुरोध गरिन् ।































Discussion about this post