रामधुनी । आत्महत्या रोकथाम र न्यूनिकरणका लागि विद्यार्थीहरुमा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
रामधुनी नगरपालिका वडा नम्बर ३ र शुभ युग मिडिया प्रा.लि.को सहकार्यमा आइतबार र सोमबार उक्त कार्यक्रम सम्पन्न भएको हो ।
रामधुनी–३ को जनता माविमा भएको कार्यक्रममा जनता बहुमुखी क्याम्पस इहटरीका सह प्राध्यापक शान्तिराम दाहाल र प्रहरी निरीक्षक गजेन्द्र रायाले सहजिकरण गरेका थिए ।
कार्यक्रममा वडा अध्यक्ष बुधनारायण चौधरी, मिडिया प्रा.लि.का अध्यक्ष शिशिर भट्टराई लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा करिब ३० जना बालबालिकाको सहभागिता रहेको थियो ।































Discussion about this post