सुनसरी । भारतलाई काउन्टर दिदै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो कार्यकक्षको भित्तामा ‘ग्रेटर नेपाल’को नक्सा राखेका छन् ।
भारतले आफ्नो नयाँ संसद भवनमा नेपाली भूमि समावेश गरेर ‘अखण्ड भारत’को नाक्सा राखेपछि त्यसको चौतर्फी बिरोध भइरहेको छ ।
भारतलाई काउन्टर दिदै नेपालले पनि ‘ग्रेटर नेपाल’को नक्सा राख्नुपर्ने माग सार्वजनिक बृत्तमा उठिरहेका बेला बालेनले बिहीबार आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा राखेका हुन् ।
यसअघि बालेनको कार्यकक्षमा रहेको नेपालको नक्सा हटाएर मेयर शाहकै निर्देशनमा महानगरले यस्तो नक्सा राखेको हो ।

































Discussion about this post