रामधुनी । सुनसरीको रामधुनी नगरपालिकास्थित झुम्का क्षेत्रिय कारागारमा ढल निकासको व्यवस्था गर्न सांसद भीम आचार्यले माग गरेका छन् ।
शुक्रबार प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै उचित ढल निकासको व्यवस्था नहुँदा कारागारको फोहोरले दुर्गन्ध फैलिएको भन्दै सांसद आचार्यले यस्तो माग गरेका हुन् ।
उनले भने, ‘…क्षेत्रिय कारागारको फोहोर फाल्ने ढल नहुँदा नगरमा दुर्गन्ध फैलिरहेको कारण त्यसको ढल निकासको व्यवस्था तुरुन्तै गरियोस् ।’
त्यस्तै, उनले रामधुनी–५ को डंग्राही पोखरी र वडा नं. ९ मा पर्ने छप्की पोखरीको व्यवस्थापन र पार्क निर्माणका लागि बजेट बिनियोजन गर्नसमेत सरकारसँग माग गरेका छन् ।
सांसद आचार्यले रामधुनी मन्दिरमा योजनासहित बजेट बिनियोजन गर्न पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।
कोशी प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत भइसकेका आचार्य सुनसरी क्षेत्र नम्बर २ मा नेकपा एमालेको तर्फबाट गत निर्वाचनमा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन् ।

































Discussion about this post