रामधुनी । सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर ४ मा पर्ने धार्मिक पर्यटकिय स्थल रामधुनी मन्दिरमा योजनासहित बजेट विनियोजन गर्न सांसद भिम आचार्यले माग गरेका छन् ।
शुक्रबार प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै सांसद आचार्यले सरकारसँग यस्तो माग गरेका हुन् ।
त्यस्तै, उनले रामधुनी–५ को डंग्राही पोखरी र वडा नं. ९ मा पर्ने छप्की पोखरीको व्यवस्थापन र पार्क निर्माणका लागि बजेट बिनियोजन गर्नसमेत सरकारसँग माग गरेका छन् ।
कोशी प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत भइसकेका आचार्य सुनसरी क्षेत्र नम्बर २ मा नेकपा एमालेको तर्फबाट गत निर्वाचनमा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन् ।






























Discussion about this post