रामधुनी । सुनसरी क्षेत्र नम्बर २ का सांसद भिम आचार्यले रामधुनी नगरपालिका वडा नम्बर ५ मा पर्ने डंग्राही पोखरी र वडा नम्बर ९ मा पर्ने छप्की पोखरीको व्यवस्थापन र पार्क निर्माणका लागि बजेट बिनियोजन गर्न सरकारसँग माग गरेका छन् ।
शुक्रबार प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै सांसद आचार्यले सरकारसँग यस्तो माग गरेका हुन् ।
कोशी प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत भइसकेका आचार्य सुनसरी क्षेत्र नम्बर २ मा नेकपा एमालेको तर्फबाट गत निर्वाचनमा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन् ।

































Discussion about this post