बराहक्षेत्र । पत्रकार महासंघ सुनसरी जिल्ला कार्य समितिका सदस्यसमेत रहेका हाम्रोशब्दकर्मी पत्रकार सुबिन विश्वकर्मामाथि समाचार लेखेको बिषयलाई लिएर धम्की आएको छ ।
गत सोमबार सुनसरीको बराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्कीसँग सम्बन्धित ‘अपरिपक्व मेयर कार्की, जो आलोचना सहँदैनन्’ शिर्षकको समाचार हाम्रोशब्द डटकममा प्रकाशित भएको थियो । सोहि समाचारलाई लिएर मेयर कार्कीका भाई सुरज क्षेत्री लगायतले आफुलाई धम्कि दिएको पत्रकार विश्वकर्माले बताए ।
उनका अनुसार मेयर कार्कीको निर्देशनमा उनका भाई सुरजले फोनमा, घरमै आएर र अन्य विभिन्न व्यक्तिहरुमार्फत पटक–पटक धम्की दिएका छन् ।
समाचारको विषयमा चित्त नबुझे कानुनी बाटो अपनाउन सकिने विकल्प हुँदाहुदै घरमै गएर धम्कि दिनु प्रेस र अभिव्यक्ति स्वतन्त्रताविरोधी हर्कत भएको भन्दै सामाजिक सञ्जालमा मेयर कार्कीको तिब्र आलोचना भइरहेको छ ।