रामधुनी । पत्रकार सुबिन विश्वकर्मामाथिको धम्की प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको हनन् भएको प्रेस सेन्टर नेपाल सुनसरीले ठहर गरेको छ ।
प्रेस सेन्टर सुनसरीका अध्यक्ष तिर्थ कार्की र सचिव प्रकाश बञ्जराद्वारा बुधबार जारी विज्ञप्तिमा भनिएको छ, ‘…समाचारको बिषयलाई लिएर पत्रकारलाई धम्कि दिनु निन्दनीय कार्य भएको र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको हनन् भएको प्रेस सेन्टर सुनसरीको ठहर छ ।’
पत्रकार महासंघ सुनसरी जिल्ला कार्य समितिका सदस्यसमेत रहेका हाम्रोशब्दकर्मी विश्वकर्मामाथि समाचार लेखेको बिषयलाई लिएर बराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्कीका भाई सुरज क्षेत्री लगायतले हात खुट्टा भाँचिदिने धम्की दिएका थिए ।
गत सोमबार मेयर कार्कीसँग सम्बन्धित ‘अपरिपक्व मेयर कार्की, जो आलोचना सहँदैनन्’ शिर्षकको समाचार हाम्रोशब्द डटकममा प्रकाशित भएको थियो । सोहि समाचारलाई लिएर पत्रकार विश्वकर्मामाथि धम्की आएको थियो ।