नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउदो मंसिर ४ को निर्वाचनलाई सामान्य ढंगमा लिन नहुने बताएका छन् ।
बिहीबार प्रेस सेन्टर ललितपुरले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।
‘दुइटा विचार, दुइटा प्रवृत्ति, दुइटा धाराको बीचमा ब्याटल हुँदैछ । यो संविधान र परिवर्तनलाई उल्ट्याउन चाहने र यसलाई रक्षा गर्दै अझ अगाडि बढ्न चाहने दुइटा विचार, दुइटा प्रवृत्ति, दुइटा धारा जे भने पनि दुइटा शक्ति आमनेसामने छन् । हामीले सामान्य निर्वाचनको रुपमा लिनु हुँदैन ।’ उनले भने ।
जनयुद्धका उपलब्धि रक्षा गर्न अहिलेको निर्वाचन आफूहरुले जित्नैपर्ने उनको भनाई छ ।