जनकपुर । जनकपुरमा इसाई अगुवालाई कालोमोसो दल्ने र नवलपरासी जिल्ला भित्र रहेका बिभिन्न वडाका चर्च तोडफोड गर्नेविरुद्ध कडा कार्वाहीको माग गरिएको छ ।
जनता समाजवादी पार्टी शिल्पि विशेष प्रदेश समितिले प्रेस बिज्ञप्ति जारी गर्दै कार्वाहीको माग गरेको हो । बिज्ञप्तिमा २०८० साल भदाै १२ गते नवलपरासीकाे रामग्राम नगरपालिका वडा नं ६ मा सञ्चालित ग्लाेरि चर्च, वडा नं ४ मा सञ्चालित आराधना चर्च, वडा नं १० मा सञ्चालित साक्षी चर्चमा ख्रिश्चियन बिराेधी हिन्दु अतिवादीहरुले ताेडफाेड गरेको साेहि नगरपालिका वडा नं ५ मा निर्माणाधिन नयाँ चर्च पुर्ण रुपले ध्वस्त पारिएको जनाइएको छ ।
त्यसै, नवलपरासीकाे सुनारीमा सेवाका लागि चर्च जाँदै गरेका धर्म गुरुहरुमाथि कुटपिट गरिनुका साथै कालाे माेसाे दलिएकाे सन्दर्भलाई पनि शिल्पी समितिले आपत्ति जनाएको हो । भर्खरै जनकपुरमा समेत ईसाई अगुवाहरुलाई कालाे माेसाे दलिएकाे ब्यबहारप्रति जसपाको शिल्पी/दलित विशेष समितिकाे ध्यानाकर्षण भएकाे र त्यसप्रति खेद ब्यक्त गरिएको जनाइएको छ ।
हिन्दु धर्मकाे आडमा सृजित जात ब्यवस्थाले अछूत बनाईएका, विभेदमा पारिएका शिल्पी/दलित समूदायले कम्तिमा छुवाछूत जस्ताे अमानवीय ब्यवहारबाट मुक्ति पाउँदै गरेकाे अवस्था, किराँत, बाैद्ध, मुस्लिम, शिख, जैन, बाेन लगायत धर्म निरपेक्षतालाई आत्मसात गरि धार्मिक समूदायले आफ्नो आस्थाप्रती गाैरव गर्दै अगाडि बढ्ने अभ्यास गरिरहेकाे बेला एकल नश्लिय चिन्तनद्वारा ग्रसित मनाेराेगीहरुद्वारा हिन्दु धर्मका नाममा अरुकाे धार्मिक आस्थामाथि प्रहार गरिएकाे जनाएको छ । अतिवादीहरुकाे याे प्रहार सह्य नभएको पनि बिज्ञप्तीमा उल्लेख छ ।
नेपालकाे संविधानकाे भाग ३ काे २६ उपधारा १,२ र ३ अनुसार याे देशका हरेक नागरिकले आफुले चाहेकाे र अवलम्बन गरेकाे धर्मकाे अभ्यास गर्न पाउँने, धार्मिक संरचना निर्माण गर्न पाउने तथा धार्मिक गुठि बनाउँन पाउने भनेर स्पष्ट हुँदाहुँदै त्यस प्रकारका गतिविधि गरिनु अत्यन्तै निन्दनीय र भर्त्सना याेग्य भएको उल्लेख छ ।
घटनामा संलग्न हिन्दु अतिवादीहरुलाई मुलुकी अपराध संहिता २०७४ काे परिच्छेद ९ काे धारा १५५ काे (१) तथा धारा १५७ काे (१) बमाेजिम कडाभन्दा कडा कारबाहीकाे लागि राज्यसंग माग गरिएको छ ।

































Discussion about this post