रामधुनी । नेकपा एमाले इनरुवा नगर कमिटी अध्यक्षमा प्रेम प्रसाद पौडेल भारी मतले निर्वाचित भएका छन् ।
इनरुवा नगर अधिवेशन अन्तर्गत आइतबार भएको मतदानमा १६७ जना प्रतिनिधिले भाग लिएका थिए । जसमा पौडेलले १३४ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी चिरञ्जीवि रेग्मी जम्मा २४ मतमा रोकिए ।
त्यस्तै, उपाध्यक्षमा अशोक साह, सचिवमा विनोदभाइ पोख्रेल तथा उपसचिवमा दिपक कार्की र रेनुका चौधरी निर्वाचित भएका छन् । निर्वाचित भएका सबै पदाधिकारी अध्यक्ष पौडेल प्यानलका हुन् ।