सुनसरी । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको जित निश्चित भएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा १ बाट उठेका उनको जित सुरक्षित भएको हो ।
अझै १० हजार ९४९ मत गणनाब हुन बाँकी रहँदा शर्मा निकटतम प्रतिस्पर्धीसँग १३ हजार ३९४ मतले अगाडि छन्। शर्माले ३७ हजार ३०२ मत प्राप्त गर्दा एमालेका अग्नि खरेलको मत २३ हजार ९०८ छ।
झापा १ मा ८७ हजार ३९६ मत खसेकामा ७६ हजार ४४७ मत गणना भइसकेको छ। शर्मा यो क्षेत्रबाट ०७० र ०७४ को निर्वाचनमा भने पराजित भएका थिए।


































Discussion about this post