सुनसरी । प्रतिनिधिसभा सुनसरी क्षेत्र नं. ४ मा नेपाली कांग्रेसका नेता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्की निर्वाचित भएका छन् ।
उनले निकटतम प्रतिद्वन्द्वी प्रदेश १ का पूर्व वन वातावरण तथा पर्यटन मन्त्री जगदीशप्रसाद कुसियैतलाई ११२ मतान्तरले पराजित गरेका हुन् ।
कार्कीले ३० हजार ४८३ मत ल्याएर विजयी भए भने एमालेका कुसियैतले ३० हजार ३७१ मत ल्याए ।