रामधुनी । समाजवादी मोर्चा घोषणा भएको खुसीयालीमा सुनसरीको झुम्कामा दिप प्रज्वलन गरिएको छ ।
सोमबार माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र नेत्रविक्रम चन्द ‘विप्लब’ नेतृत्वको नेकपा सम्मिलित समाजवादी मोर्चा घोषणाको खुसीयालीमा दिप प्रज्वलन गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै एकीकृत समाजवादीका सुनसरी जिल्ला अध्यक्ष गोविन्द निरौलाले प्रतिगनकारी र भ्रष्टाचारीहरुविरुद्ध मोर्चा बनेको भन्दै क्रान्तिकारी, परिवर्तनकारी, समाजवादी र देशभक्तहरु एक ठाउँमा आउँनु स्वागतयोग्य कदम भएकाले बताए ।
कार्यक्रममा अध्यक्ष निरौला सहित माओवादी प्रदेश कमिटी सदस्य दिनेश चौधरी, माओवादी रामधुनी नगर कमिटी अध्यक्ष बलराम चौलागाई, जनता समाजवादी पार्टी रामधुनीका अध्यक्ष राम बहादुर खड्का लगायतको उपस्थिति रहेको थियो ।