रामधुनी । नागरिक उन्मुक्ति पार्टीका नेता रेमश चौधरीले राज्यले थारु समुदायमाथि दासजस्तो व्यवहार गर्ने गरेको बताएका छन् ।
बुधबार सुनसरीको रामधुनीमा आयोजित अविनन्दन कार्यक्रममा बोल्दै नेता चौधरीले भने, ‘राज्यको सामन्ती प्रबृतिले थारु समुदायको भूमि, सांस्कृतिक–आर्थिक पहिचान सबै गुुमेको छ, अब गुम्न के नै बाँकी छ ? थारु समुदायलाई दासजस्तो व्यवहार गर्दैछन्, भूमिपुत्र थारु कहिलेसम्म दास बन्ने ?’
थारुको छातीमा कुल्चिनेबिरुद्ध पहिचानको मुद्धा लिएर आफु उभिएको भन्दै अधिकार प्राप्त गर्न थारु समुदाय राजनीतिक रुपमा सशक्त हुनुपर्ने उनको भनाई छ ।
भौगौलिक सास्कृतिक पहिचानसहितको मुद्दा पार्टीको मुख्य उद्देश्य भएकाले आउँदो चुनावमा ढकीया छापमा मतदान गर्नसमेत उनले अनुरोध गरे ।
































Discussion about this post