रामधुनी । पछिल्लो समय धरानमा हिन्दु मन्दिरको अगाडि चर्च बनाएको, गोरु काटेर खाएको लगायत बिषयलाई लिएर सामाजिक सद्भाव भडकाउँने गरि भइरहेको विवादप्रति नेकपा एमालेले चिन्ता व्यक्ति गरेको छ ।
आइतबार एमाले सुनसरी जिल्ला कमिटीको तर्फबाट सचिव पर्शुराम यादवले एक विज्ञप्ति जारी गर्दै धरानमा भइरहेको विवादबारे चिन्ता व्यक्ति गरेका हुन् ।
विज्ञप्तिमा भनिएको छ, ‘सदियौँदेखि सबैखाले विविधतावीचमा एकता, सद्भाव र सहिष्णुताका साथ समाजमा मिलेर बसेको धरान उपमहानगरपालिका क्षेत्रमा केहि समययता धार्मिक तथा सांस्कृतिक भड्काव आउँन सक्ने गतिविधिप्रति नेकपा एमाले सुनसरी जिल्ला कमिटीको गम्भीर ध्यानकर्षण भएको छ ।’
एमाले सुनसरी जिल्ला कमिटीले बिषयको गाम्भीर्यतालाई आत्मसात गर्दै शान्ति र अमनचयन कामयम गराउँन सरकारसमक्ष आह्वानसमेत गरेको छ ।
पछिल्लो समय धरानमा हिन्दु मन्दिरको अगाडि चर्च बनाएको, गोरु काटेर खाएको लगायत बिषयलाई लिएर समाज विभाजित भइरहेको छ ।

































Discussion about this post