रामधुनी ।
पार्टीको विशेष रुपान्तरण अभियानको तयारी, कार्य योजना र कार्यविभाजनसहित नेकपा माओबादी केन्द्र रामधुनी नगरको विस्तारित बैठक सम्पन्न भएको छ ।
सनिवार भएको कार्यक्रम जनतासँग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत रहेको नगर अध्यक्ष बलाराम चौलागाईंले जानकारी दिए ।
प्रमुख अतिथिका रूपमा पार्टीका केन्द्रिय सदस्य एबम् प्रदेश पूर्व अर्थमन्त्री जीवन आचार्यको उपस्थिति रहेको थियो भने रामधुनी नगर अध्यक्ष बलराम चौलागाईंले सभादक्ष्यता गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि आचार्यले पार्टी निर्माणमा माओवादी एकढिक्का भएर लाग्नुपर्ने बताए । माओवादी सरकारले राम्रा काम गरिरहेको छ तर जनतामाझ त्यो सन्देश अझै गरिरोसँग पुग्न सकेको छैन्, उनले भने ।
रमेश खत्रीले सञ्चालन गरेको कार्यक्रममा संविधानसभा सदस्य सन्तोष थारु, प्रदेश सदस्य दिनेश चौधरी, टिका प्रसाईं, चिन्तन भुजेल, सह-इन्चार्ज सैलेन्द्र राजधामी, उतम पौडेल लगायतका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।