रामधुनी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद असोक कुमार चौधरीले स्वकीय सचिव राख्नका लागि आवेदन माग गरेका छन् ।
आइतबार सामाजिक सञ्जाल (फेसबुक) मा ‘कर्मचारी आवश्यकता’ बिषयको एक सूचना सार्वजनिक गर्दै सांसद चौधरीले कानुन वा राजनीतिशास्त्रमा स्नातक गरेको योग्यता हुनुपर्ने मापदण्ड राख्दै स्वकीय सचिव माग गरेका हुन् ।
त्यस्तै, उनको स्वकीयका लागि उम्मेदवार बन्न नेपाली र अंग्रेजी भाषामा राम्रो दखल भएको र सुचना प्रबिधि सम्बन्धि आधारभूत ज्ञान भएको हुनुपर्नेसमेत मापदण्ड राखिएको छ ।
पुराना राजनीतिक दलहरुबाट प्रतिनिधित्व गर्ने सांसद, मन्त्री लगायतले आफ्ना परिवारका सदस्यलाई स्वकीय सचिव राख्ने गरेको भन्दै विरोध हुने गरेका बेला सांसद चौधरीसहित रास्वपाका कतिपय सांसदहरुले प्रतिस्पर्धामार्फत स्वकीय छनोट गरिरहेका छन् ।