झुम्का । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुनसरीको झुम्का बजार नजिकै क्षेत्रीय कृषि तालिम केन्द्र अगाडि भारतीय गाडीको ठक्करले एक सिटी सफारी चालकको मृत्यु भएको छ ।
मंगलबार (आज) दिउँसो करिब १ः३० बजेतिर UP16EK1989 नम्बरको भारतीय थार गाडीले प्रदेश १–०२००४ ह ४३१५ नम्बरको सिटी सफारीलाई ठक्कर दिँदा रामधुनी नगरपालिका–९ मर्चैयाकी करिब ३० बर्षीय सोनिया कुमारी चौधरीको मृत्यु भएको हो ।
प्रस्तावना आव्हान सम्बन्धि रामधुनी नगरपालिकाको अत्यन्त जरुरी सूचना हेर्नका लागि यहाँ थिच्नुहोस्
मृतकका छिमेकीसमेत रहेका रामधुनीका पूर्व मेयर जयप्रकाश चौधरीका अनुसार मृतक चौधरीका श्रीमान बैदेशिक रोजगारीका क्रममा माल्दिप्समा बस्छन् । उनका करिब ७ बर्षीय एक छोरी छिन् । उनले सिटी सफारी किनेको करिब १ महिना मात्रै भएको थियो । त्यसअघि उनी साइकलमा माछा, साग लगायत बेच्ने काम गर्थिन ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी राम प्रसाद तिमल्सिनाका अनुसार ठक्कर दिने गाडी र चालक इलाका प्रहरी कार्यालय पकलीको नियन्त्रणमा छन् । दुर्घटनाको कारण बारे अनुसन्धान भइरहेको उनको भनाई छ ।