रामधुनी । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) रामधुनी नगर कार्यसमितिको अध्यक्षमा पुनः अच्युत ढकाल निर्वाचित भएका छन् ।
यसअघि पनि अध्यक्षको रुपमा एक कार्यकाल काम गरिसकेका ढकाल शनिबार रामधुनीमा भएको तेस्रो नगर अधिवेशनबाट अध्यक्षमा पुनः दोहोरिएका हुन् ।
प्रस्तावना आव्हान सम्बन्धि रामधुनी नगरपालिकाको अत्यन्त जरुरी सूचना हेर्नका लागि यहाँ थिच्नुहोस्
अध्यक्षमा ढकालसँग पञ्चायन विद्या मन्दिर स्कुलका सञ्चालक दिपेन्द्र बिष्टले प्रतिस्पर्धा गरेका थिए । तर बिष्टलाई दोब्बर मतले पराजित गर्दै ढकाल पुनः निर्वाचित भएका हुन् । ढकालले २० मत प्राप्त गर्दा बिष्ट जम्मा ९ मतमा रोकिएका थिए ।
अध्यक्ष ढकालका अनुसार प्याब्सन रामधुनीको उपाध्यक्षमा रामचन्द्र चौधरी, सचिवमा चुडामणि घिमिरे, कोषाध्यक्षमा होमराज पौडेल (इश्वर) तथा सदस्यमा बालकृष्ण पाण्डे र दिनेश चौधरी निर्वाचत भएका छन् ।