रामधुनी । धार्मिक तथा पर्यटकीय तिर्थस्थल रामधुनी मन्दिरलाई व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि रामधुनी नगरपालिकाले ‘बृहत रामधुनी मन्दिर बिकास कोष’ स्थापना गर्ने घोषणा गरेको छ ।
गत सोमबार १६ औँ नगर सभामा नगरपालिकाको आर्थिक बर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर शंकरलाल चौधरीले यस्तो घोषणा गरेका हुन् ।
त्यस्तै, रामधुनीलाई बराहक्षेत्र, विष्णुपादुका, पिण्डेश्वरी, पर्यटकीय सर्किटको रुपमा बिकास गर्नेसमेत नगरपालिकाको नीति रहेको छ ।