रामधुनी । थारू महिलाहरुको पर्व जितिया सुनसरीको रामधुनी नगरपालिका स्थित झुम्का बजारमा भव्यतापूर्वक सम्पन्न गरिएको छ ।
बुधबार थारु कल्याणकारीणि सभा रामधुनी, थारु महिला उत्थान समाज सुनसरी, थारु महिला सभा रामधुनी र राष्ट्रिय थारु कलाकार मंच, ग्रामथान संरक्षण समिति रामधुनीको संयुक्त आयोजनामा भव्यतापूर्वक जितिया कार्यक्रम सम्पन्न गरिएको हो । रामधुनी नगरपालिकाका मेयर शंकरलाल चौधरीको प्रमुख आथित्यतामा भएको कार्यक्रममा उपमेयर तारा थापा, थारु कल्याणकारीणि सभा सुनसरीका अध्यक्ष सगेन चौधरी, नेपाली कांग्रेस नगर सभापति सुदीप अधिकारी लगायतको उपस्थिति रहेको थियो ।
थारु महिलाहरु आफ्ना सन्तान तथा परिवारको दीर्घायु, सुख–समृद्धि र मनोकामना पूर्ण गराउन जितियाको व्रत बस्ने गर्दछन् ।