रामधुनी । नेकपा एमाले रामधुनीको दोस्रो नगर अधिवेशनबाट अध्यक्षमा पुनः योगेन्द्र खडका दोहोरिएका छन् । गत शुक्रबारदेखि झुम्कामा सुरु भएको अधिवेशन अन्तरर्गत आइतबार (आज) मतदान भएको हो ।
अध्यक्षमा योगेन्द्रले १ सय ३७ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी गोविन्द खडकाले जम्मा ५३ मत प्राप्त गरे । त्यस्तै, उपाध्यक्षमा खेमराज पौडेल निर्वाचित भएका छन् । उनले ८१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी राजकुमार चौधरी ७४ मतमा रोकिए । त्यस्तै सचिवमा रेवत गुरुङ निर्वाचित भएका छन् । उनले १ सय १ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी राजकुमार चौधरीले जम्मा ५७ मत प्राप्त गरे ।
दुई उपसचिव पदमा प्रदीप घिमिरे सर्वसम्मत भए भने महिला उपसचिवमा भगवती खडका निर्वाचित भएकी छिन् ।