रामधुनी । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन) सुनसरीको अध्यक्षमा थानेश्वर ढकाल चयन भएका छन् । बुधबार सम्पन्न सुनसरी प्याब्सनको १६ औँ अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन भएको हो ।
बरिष्ठ उपाध्यक्षमा रमेश कार्की, उपाध्यक्षमा विजय राई र गणेश भण्डारी चयन भएका छन् । त्यस्तै सचिवमा दिपक कार्की, कोषाध्यक्षमा गोपाल निरौला तथा सहसचिवमा मनोज यादव र पुरुषोत्तम राई चयन भएका छन् ।
आगामी तीन वर्षे कार्यकालका लागि पदाधिकारीसहित २१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको नवनिर्वाचत कोषाध्यक्ष गोपाल निरौलाले हाम्रोशब्दलाई जानकारी दिए ।