रामधुनी । नेकपा (एमाले) को भात्री संस्था अखिल नेपाल महिला संघ (अनेमसंघ) रामधुनीको अध्यक्षमा सुशिला ढुंगाना सर्वसंवत चयन भएकी छन् ।
बुधबार झुम्कामा सम्पन्न भएको नगर अधिवेशनबाट ३५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।
ढुंगानाको अध्यक्षतामा उपाध्यक्ष सरस्वती चौधरी, सचिव रेनुका चौधरी, उप–सचिव मेनुलता घिमिरे तथा कोषाध्यक्ष सङ्गिता राई श्रेष्ठ चयन भएका छन् ।
रामधुनी वडा नम्बर २ की निर्वाचित वडा सदस्य ढुंगाना नगर कार्यपालिका सदस्यसमेत हुन् ।