रामधुनी । सत्ता गठबन्धनको तर्फबाट सुनसरी क्षेत्र नं.२ प्रतिनिधिसभा सदस्यका उम्मेदवार सिताराम मेहेताले युवाको हितका लागि काम गर्ने बताएका छन् ।
शनिवार इटहरीमा घरदैलो गर्दै उनले भने, ‘मैले यसअघि थुप्रै विकासका काम गरेको छु, अब युवाको हितका निम्ति काम गर्छु । भौतिक विकास मात्रै नभई, शिक्षा, स्वास्थ्य, रोजगारीका क्षेत्रमा पनि विशेष चासो लिएको छु ।’
मेहताले आफूले अघिल्लो चुनावमा गरेको बाँचा अनुसारको अधिकांश काम पुरा भएपनि केही महत्वपूर्ण काम अझै बाँकी रहेकोले पुनः उम्मेदवार बनेकोसमेत बताए ।
०७४ को निर्वाचनमा मेहताले तत्कालिन वाम–गठबन्धनका हिमाल सुवेदीलाई पराजित गरेका थिए । ०७४ मा मेहताले ४१ हजार ४९५ मत ल्याउँदा पराजित सुवेदीको ३५ हजार ३४९ मत आएको थियो ।































Discussion about this post