रामधुनी । १३६ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा अखिल नेपाल यातायात मजदुर संघ रामधुनी नगर समिति सुनसरीको आयोजनामा रक्तदान कार्यक्रम हुने भएको छ ।
मंगलबार (भोलि) बिहान ७ः०० बजे रामधुनी नगरपालिका–६ स्थित बक्लौरी बजारमा रक्तदान कार्यक्रम आयोजना गरिनेछ । श्रमिकहरूको सामाजिक उत्तरदायित्वलाई ध्यान दिँदै रक्तदानजस्तो जीवनरक्षक कार्यलाई प्रवद्र्धन गर्ने लक्ष्यका साथ कार्यक्रम आयोजना गरिएको मजदुर संघ रामधुनीका अध्यक्ष बिकास तिवारीले बताए ।
कार्यक्रममा संघका सदस्यहरू, स्थानीय बासिन्दा तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता अपेक्षित गरिएको छ ।आयोजकका अनुसार रक्तदान कार्यक्रमले श्रमिक दिवसको महत्वलाई व्यवहारिक ढंगले जनमानसमा स्थापित गर्न सहयोग गर्नेछ । संघले सबै श्रमिक, राजनीतिकर्मी, युवा तथा स्थानिय बासिन्दाहरूलाई कार्यक्रममा सहभागी भई सफल बनाउन आग्रहसमेत गरेको छ ।

































Discussion about this post