रामधुनी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट नेपाल दलित मुक्ति मोर्चा रामधुनी नगरको प्रथम नगर भेला सम्पन्न भएको छ । शनिबार झुम्कामा भएको भेलाले जगन्नाथ रसाइलीको संयोजकत्वमा नगर समिति चयन गरेको छ ।
त्यस्तै सह–संयोजकमा कृष्णमाया परियार रहेकी छन् भने सदस्यहरूमा रामकुमारी बिक, एलुज परियार, उर्मिला नेपाली, दिवा बिस्वकर्मा, पम्फ बिक, मन्जु पाचकोटी, रन्जना परियार, कुसुमलाल सदा, बिबेक हरिजनलगायत चयन भएका छन् ।
नगर भेलाले दलित समुदायको हक, अधिकार तथा पहिचानको संरक्षण र प्रवद्र्धनका पक्षमा एकजुट भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको माओवादी कोशी प्रदेश कमिटी सदस्य एवं रामधुनीका इन्चार्ज दिनेश चौधरीले बताए ।
कार्यक्रममा माओवादी केन्द्रीय सदस्य रामकुमारी चौधरी, केन्द्रीय सदस्य एवं कोशी प्रदेशसभा सदस्य सपना परियार, पार्टी नगर अध्यक्ष बलराम चौलागाई लगायतको उपस्थिति रहेको थियो ।