चतरा : सुनसरी क्षेत्र नं. १ प्रतिनिधिसभा सदस्यमा बर्तमान सत्ता गठबन्धनबाट साझा उम्मेदवार बनेका माओवादी केन्द्रका नेता मुक्सामहाङ मेन्याङ्बोले चतारामा लाग्ने कुम्भ मेलाको महत्वलाई संसारभर फैलाउने प्रतिबद्धता जनाएका छन् ।
आइतबार बराहक्षेत्रमा आयोजित एक चुनावी कोणसभामा सम्बोधन गर्दै उनले कुम्भ मेलालाई प्रवर्द्धन, व्यवस्थापन र आयोजन गराउनका लागि लागिपर्ने बताएका हुन् ।
उनले सुनसरी १ धार्मिक तथा सांस्कृतिक रूपमा अपार सम्भावनाको क्षेत्र भएको बताउँदै यसलाई स्थानीयको आम्दानी र पर्यटनको केन्द्र बनाउने सकिने समेत बताए ।

































Discussion about this post