रामधुनी । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको सुनसरीको रामधुनी नगरपालिका स्थित लालपुर शाखाले वौद्धिक अपाङ्गता भएका विद्यार्थीहरुलाई शैक्षिक सामग्री र पोशाक वितरण गरेको छ ।
बुधबार रामधुनी वडा नम्बर ३ स्थित जनता माविमा एक कार्यक्रमका बीच ‘वौद्धिक अपाङ्गताको श्रोत कक्षा’ का विद्यार्थीहरुलाई १०० ओटा कपी र २१ थान ट्रयाक–सुट वितरण गरिएको उक्त संस्थाका प्रदेश नं. १ प्रमुख कृष्ण प्रसाद ढुंगानाले बताए ।
कार्यक्रममा रामधुनी नगरपालिका मेयर शंकरलाल चौधरी, उपमेयर तारा थापा लगायतको उपस्थिति रहेको थियो ।

































Discussion about this post