रामधुनी । सुनसरीको रामधुनी नगरपालिकाले भोटेकोशीमा आएको भीषण बाढीपीडितको राहत तथा उद्धारका लागि शिक्षक, कर्मचारी र जनप्रतिनिधिको पारिश्रमिक सहयोग गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको नगर कार्यपालिकाको बैठकले नगरपालिकाका कर्मचारी, विद्यालयका शिक्षक तथा कर्मचारीको दुई दिनको तलब र जनप्रतिनिधिको दुई दिनको भत्ता बाढीपीडितको राहत तथा उद्धारमा सहयोग गर्ने निर्णय गरेको हो ।
नगरपालिकाका सूचना अधिकारी सुमन पौडेलले बैठकले बाढीपीडितलाई सहयोग गर्ने उद्देश्यले दुई दिनको तलब तथा भत्ता उपलब्ध गराउने निर्णय गरेको जानकारी दिए ।



































Discussion about this post