बराहक्षेत्र ।
उसो त युवराज श्रेष्ठ युवा नेता हुन् । नेपाली कांग्रेस बराहक्षेत्र नगर उपसभापतिका रूपमा आबद्ध भएपनि उनको परिचय यत्तिकैमा सकिँदैन । नेता श्रेष्ठ प्रायश: सबैजसो दलका कार्यकर्ताले रूचाएका व्यक्ति हुन् । अझ उनको मोटो परिचय एक समाजसेवीका रूपमा दर्ज छ ।
नेता श्रेष्ठ बेलाबखत केही न केही सामाजिक कार्यहरू गरिरहेकै हुन्छन् । यसैक्रममा शनिबार श्रेष्ठको नेतृत्वमा जंगलको सरसफाइ सुरु गरिएको छ । यसपटक भने वागेश्वरी सामुदायिक वन उपभोक्ता समुहको अध्यक्षका रूपमा उनले यस् सरसफाइ अभियानमा नेतृत्वदायी भूमिका निर्वाह गरेका हुन् ।
सडक आसपासमा रहेका झारिहरु सफाई गर्दै आफ्नो कार्यकाललाई सुरु गरिएको अध्यक्ष श्रेष्ठ बताउँछन् । उनकाअनुसार समुहका उपभोक्ता सहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा बराह सब डिभिजन बन कार्यालयसँगको सहकार्यमा सामुदायिक बन समुहले सफाई अभियान सुरु गरेको हो ।
खारखोलाबाट धरान सडक खण्ड र खारखोलाबाट कटहरे जाने सडकको आसपासमा उम्ररिएका झार र उत्पन्न झाडीले असुरक्षा बढाएको, लागु पदार्थ प्रयोगकर्ताको अखडा बनेको र सामुदायिक बनले रोपेको बिरुवालाई समेत झारिका कारण हुर्कन नदिएकाले सफाई अभियानको सुरु गरेका हौं, श्रेष्ठले भनें ।
शनिवार बिहान ७ बजेदेखि ११ बजेसम्म भएको सफाइ कार्यक्रममा इलाका प्रहरी कार्यालय चक्रघट्टीका प्रमुख (प्रहरी निरीक्षक) राम तिमिल्सिना, सशस्त्र प्रहरी बेस क्याम चतराका प्रमुख सशस्त्र प्रहरी निरीक्षक बिगबहादुर गोले, इलाका प्रहरी कार्यालय चतराका प्रमुख प्रहरी नायक निरीक्षक पृथ्वी कार्की, बराह सब डिभिजन बन कार्यालयका प्रमुख शिशु झा लगायत स्थानीय बासिन्दाको बाक्लो उपस्थिति रहेको थियो ।
कटहरेबाट बिद्यार्थीहरु क्याम्पस र बिद्यालय दैनिक आउने गरेको र बाटो आसपासका झाडीका कारण उनीहरुलाई असुरक्षा र लागू पदार्थ प्रयोगकर्ताको अखण्डाको रुपमा रहेको क्षेत्रमा सफाई गर्ने सामुदायिक वन समितिको निर्णय अनुसार सफाई सुरु गरिएको हो । हरेक शनिबार एकदिन उपभोक्ताहरुको सहभागितामा गरिने सफाइ कार्यक्रमलाई निरन्तरता दिइने अध्यक्ष श्रेष्ठको भनाइ छ ।