रामधुनी । नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीको रिहाइको माग गर्दै सुनसरीको रामधुनीमा प्रदर्शन गरिएको छ ।
थारु कल्याणकारी सभा सुनसरी, थारु महिला सभा सुनसरी, थारुवान थरुहट संयुक्त संघर्ष समिति लगायत संघ–संस्थाको आयोजनामा बुधबार बेलुका प्रदर्शन गरिएको हो ।
‘रेशम चौधरीलाई रिहाई गर, सम्पुर्ण थारु एक हौँ, लाल आयोगको प्रतिबेदन सार्वजनिक गर’ लेखिएको प्लेकार्डसहित उनका समर्थकले रिहाइको माग गरेर प्रर्दशन गरेका हुन् ।
चौधरी राजनीतिक बन्दी भएको भन्दै तत्काल रिहाई गर्नुपर्ने उनीहरुको माग छ ।