रामधुनी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रामधुनी नगर समिति सुनसरीले विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । शुक्रबार रास्वपाले रामधुनी नगरपालिका–२, स्थित श्री राजेश्वरी आधारभूत विद्यालयका विद्यार्थीलाई स्कुल ब्याग, कपी, कलम वितरण गरेको हो ।
रास्वपाले दोस्रो पार्टी स्थापना दिवसको अवसरमा उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीलाई २५ ओटा स्कुल ब्याग वितरण गरेको पार्टी नगर सभापति डिल्ली गुरागाईँले हाम्रोशब्दलाई जानकारी दिए ।