रामधुनी । नेकपा (माओवादी केन्द्र) रामधुनी नगर कमिटी सचिवालय सदस्य यम प्रसाद गेलाल नेकपा एमाले प्रवेश गरेका छन् ।
एमाले सुनसरी जिल्ला सचिव राम कोइरालाका अनुसार शुक्रबार गेलाललाई एमाले नेता शेरधन राईले इटहरीमा आयोजित एक कार्यक्रममा पार्टीमा स्वागत गरेका हुन् ।
गेलाल जनयुद्ध चलिरहेकै बेला २०५६ सालदेखि माओवादीमा जोडिएर काम गर्दै आएका थिए ।