रामधुनी । सुनसरीको रामधुनी नगरपालिकाका मेयर शंकरलाल चौधरीले नगरमा झण्डै आधा जनसंख्या रहेको थारु समुदायलाई नगरपालिकाले पहिलो प्राथमिकता दिने बताएका छन् ।
शनिबार थारु कल्याणकारीणि सभा रामधुनी नगर समिति लगायत संस्थाहरुले जितिया पर्वको अवसरमा झुम्कामा आयोजना गरेको ‘एकीकृत जितिया पावैन–२०८०’ कार्यक्रमलाई सम्बोधन गर्दै मेयर चौधरीले यस्तो बताएका हुन् ।
उनले मौलिक कला, संस्कृतिले धनी थारु समुदायले उच्च मनोबलका साथ आफ्नो परम्परा संरक्षण गर्नुपर्नेमा जोड दिए ।
थारु भाषामा सम्बोधन गर्दै मेयर चौधरीले भने, ‘यै ठाम ब्यालिस (४२) प्रतिशत थारुके जनसंख्या छै, एक सयमे ब्यालिस प्रतिशत झण्डै–झण्डै अधा अधि भेलै, तै ल्याके बढी से बढी नगरपालिका के सम्बन्ध यै जातीमै छै, उच्च मनोबल से अगा बढुु ।’
मेयर चौधरीले थारु समुदाय र थारु संघ–संस्थाबीच एकताको आवश्यक्ता रहेकोसमेत बताए ।