रामधुनी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) रामधुनी नगर कमिटीको आयोजनामा सुनसरीको रामधुनी नगरपालिकामा फुटबल प्रतियोगिता आयोजना गरिएको छ ।
बिहीबार रामधुनी वडा नम्बर ६ मा पर्ने थारु बाबा खेल मैदानमा रामधुनी नगरस्तरीय फुटबल प्रतियोगिता शुरु गरिएको हो ।
‘जनतासँग माओवादी बिशेष रुपान्तरण अभियान’ अन्तर्गत फुटबल आयोजना गरिएको नेकपा माओवादी नगर कमिटी अध्यक्ष बलराम चौलागाईले जानकारी दिए ।
बिहीबार माओवादी नेता एवं कोशी प्रदेश सभा सदस्य जीवन आचार्यको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा तत्कालीन संविधान सभा सदस्यसमेत रहेका माओवादी नेता सन्तोष थारु, धरान उपमहानगरपालिकाका उपप्रमुख आइन्द्र बिक्रम बेघा लगायत नेताहरुको उपस्थिति रहेको थियो ।
खेलमा रामधुनी नगर भित्रका बिभिन्न १० ओटा टिमको सहभागितामा रहेको छ । बिहीबार शुरु भएको खेल अगामी २२ गतेसम्म सञ्चालन हुनेछ ।