बराहक्षेत्र । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ बराहक्षेत्रको अध्यक्षमा देविप्रसाद दाहाल (सन्तोष) चयन भएका छन् । शनिबार भएको महासंघको प्रथम नगर सम्मेलनले उनलाई अध्यक्ष सर्बसम्त चयन गरेको हो ।
अध्यक्ष बनेका दाहाल बराहक्षेत्र वडा नम्बर ३ मा अबस्थित महेन्द्र माविको व्यवस्थापन समिति अध्यक्ष हुन् । १५ सदस्यीय समितिको उपाध्यक्षमा जडेज मावि कालाबञ्जरकी व्यवस्थापन समिति अध्यक्ष कमला कार्की, सचिवमा महेन्द्र मावि तित्रीगाछीका पर्शुराम आचार्य, सहसचिवमा जनता मावी मधुवनका अनिरुद्र मण्डल र कोषाध्यक्षमा सरस्वती मावी राजाबासीकी कमला लिम्बू चयन भएका छन् ।
शनिबार भएको एक औपचारिक कार्यक्रमका बिच चयन गरिएको नगर समितिलाई बराहक्षेत्रकी उपप्रमुख नन्दाकुमारी सुनुवार, शिक्षा साखा प्रमुख देभेन्द्र मल्ल, महासंघका केन्द्रिय सदस्य बिनोद कुमार झा लगायतले नयाँ कार्यसमितिलाई शुभकामना दिएका थिए ।




































Discussion about this post