Wednesday, February 25, 2026
हाम्राे शब्द
  • गृहपृष्ठ
  • समाचार
    समृद्ध सुनसरी–३ को लक्ष्यसहित भगवती चौधरीद्वारा चुनावी प्रतिबद्धता सार्वजनिक

    समृद्ध सुनसरी–३ को लक्ष्यसहित भगवती चौधरीद्वारा चुनावी प्रतिबद्धता सार्वजनिक

    आफ्ना सन्तानलाई सुनसरी स्टार एकेडेमीमा पढाउने १० एकल महिला सम्मानित

    आफ्ना सन्तानलाई सुनसरी स्टार एकेडेमीमा पढाउने १० एकल महिला सम्मानित

    रामधुनीमा रास्वपा समर्थकले रक्सी सेवन गरेर एमालेको बैठकमा अवरोध गरेको रुद्र बस्नेतको आरोप

    रामधुनीमा रास्वपा समर्थकले रक्सी सेवन गरेर एमालेको बैठकमा अवरोध गरेको रुद्र बस्नेतको आरोप

    सुनसरी–२ मा १ लाख ५८ हजार ९१० मतदाता, ४० वर्षमुनिका युवा ४१ प्रतिशत

    सुनसरी–२ मा १ लाख ५८ हजार ९१० मतदाता, ४० वर्षमुनिका युवा ४१ प्रतिशत

  • राजनीति
    एमालेमा उम्मेदवार फेरबदल : रेवती आउट, जगदिश सुनसरी–२ सरे, सुनसरी–४ मा अबुल हुसैन

    एमालेमा उम्मेदवार फेरबदल : रेवती आउट, जगदिश सुनसरी–२ सरे, सुनसरी–४ मा अबुल हुसैन

    सुनसरी–२ मा नेकपाबाट रामकुमारी चौधरी उम्मेदवार

    सुनसरी–२ मा नेकपाबाट रामकुमारी चौधरी उम्मेदवार

    सुनसरी–२ मा पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

    सुनसरी–२ मा पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

    एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा

    एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा

  • समाज
  • शिक्षा
  • दृष्टिकाेण
    अनुचित तरिकाले मेरो सदस्यता रोकियो, महाधिवेशनमा भौतिक उपस्थिति नभए पनि तपाईंहरूको साथमा छु : विद्यादेवी भण्डारी

    अनुचित तरिकाले मेरो सदस्यता रोकियो, महाधिवेशनमा भौतिक उपस्थिति नभए पनि तपाईंहरूको साथमा छु : विद्यादेवी भण्डारी

    रवि लामिछाने भाग्छ भन्ने डर छ भने मलाई बोलाउनुस्, ल्याप्चे लगाएर निकाल्न तयार छु : सुनिल शर्मा

    रवि लामिछाने भाग्छ भन्ने डर छ भने मलाई बोलाउनुस्, ल्याप्चे लगाएर निकाल्न तयार छु : सुनिल शर्मा

    उपेन्द्र यादव भन्छन् : मुलुकमा निर्वाचनको विकल्प छैन

    उपेन्द्र यादव भन्छन् : मुलुकमा निर्वाचनको विकल्प छैन

    फायल तस्बिर

    नेपाली कम्युनिष्ट पार्टी बनेपछि प्रचण्डले भने – एकताले विश्वभर बलियो सन्देश दिएको छ

    अन्तरिम सरकारले थारु समुदायलाई बेवास्ता गरेर विभेदको परम्परा दोहोर्‍यायो : चौधरी

    अन्तरिम सरकारले थारु समुदायलाई बेवास्ता गरेर विभेदको परम्परा दोहोर्‍यायो : चौधरी

    दसैँ बिदा : यी हुन् पढ्न सकिने ६ पुस्तक

    दसैँ बिदा : यी हुन् पढ्न सकिने ६ पुस्तक

  • अन्तरवार्ता
    पर्यटन पूर्वाधार विस्तारलाई फोकस गरेका छौं, रामधुनी मन्दिर प्राथमिकतामा छ : मेयर चौधरी

    पर्यटन पूर्वाधार विस्तारलाई फोकस गरेका छौं, रामधुनी मन्दिर प्राथमिकतामा छ : मेयर चौधरी

    पहिलो कार्यकालमा राम्रो काम नगरेको भए पुनः दोस्रोपटक जित्न संभव थिएन : चौधरी (अन्तर्वार्ता)

    पहिलो कार्यकालमा राम्रो काम नगरेको भए पुनः दोस्रोपटक जित्न संभव थिएन : चौधरी (अन्तर्वार्ता)

    ‘बराहक्षेत्रको नगर अस्पतालमा चरम लापरबाही भएको छ, वास्तविकता बाहिर ल्याउँदैछौँ’

    ‘बराहक्षेत्रको नगर अस्पतालमा चरम लापरबाही भएको छ, वास्तविकता बाहिर ल्याउँदैछौँ’

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    Trending Tags

    • अन्य
      • फाेटाे फिचर
      • अर्थ/उत्पादन
      • कला/साहित्य
      • विभेद
      • दर्शन
      • इतिहास
      • पत्रपत्रिकाबाट
      • हाम्राे शब्द विशेष
      • खेलकुद
      • स्वास्थ्य
      • विश्व
    No Result
    View All Result

      Home कला/साहित्य

      कविता: ‘बा’ लाई चिठ्ठी

      हाम्राे शब्द by हाम्राे शब्द
      १९/०६/२०८०
      कविता: ‘बा’ लाई चिठ्ठी
      513
      SHARES
      Share on FacebookShare on Twitter

      बा, तिमी कहाँ छाै ?
      किन यति निष्ठुरी बन्याैं ?
      बा, तिमीलाई हाम्रो याद अाउँदैन र ?
      बा, साच्चै तिमीलाई अामाकाे पनि याद अाउँदैन होला नि ?

      बा, तिमीले ठुलो स्वरले पनि कराउन दिन्थेनाै नि___
      कान्छा भाइलाई !
      म बेलाबेला पिट्छु उसलाई
      कत्तिपनि रिस उठ्दैन र बा, तिमीलाई ?
      ए, बा सुन न___
      हामी सबैकाे याद मेट्ने
      उतै काेहि भेट्यौं हाे ?

      बा हेर त___
      तिमी नहुँदा आज यो समाजले एक्लो बनाएकाे छ,
      के तिमी देख्दैनाै र, बा ?

      ए, बा सुन त___
      तिम्रो लागि तिमीलाई मनपर्ने रक्सि किनेर ल्याइदिउँला,
      अाऊ न !
      बाेल न एकपटक !

      बा, हेर न___
      तिमीले मायाले हुर्काएकाे ठुलोभाइ पनि
      अाज कति ठुलो भइसक्यो,
      त्यहीँ भाइले हजारौं पटक
      बा भनेर बाेलाउँदा पनि तिमी किन बाेल्दैनाै ?
      आखिर तिमी कहाँ छाैं, बा ?

      तिम्रो झर्किएकाे स्वर थर्किएर कानमा बझ्दा
      म जहाँ हुँदापनि जुरुक्क उठेर बा’ले बाेलाए भन्दै दगुर्थे
      तिमीलाई हामीले हजारौं पटक बाेलाउँदा पनि सुनेनाैं र, बा?

      बा, अाज मलाई तिमीलाई धेरै कुराहरू सुनाउँन मन छ___

      तिम्राे सास गएपछि ढलेकाे शरीर पल्लो काेठामा थियाे,
      वल्लाे काेठामा नब्बे बर्ष पुगेकी तिम्री अामाले
      मलिन स्वर र अाँसुले लत्पतिएकाे अनुहार सँगै
      मेराे बाबू भन्दै बाेलाएकाे सुनेनाैं/ देखेनाैं हाेला नि, बा ?
      तिम्रो पीरमा रातदिन अाँसु झार्दै दैलाकाे तस्वीर हेरेर
      मलाई पनि लैजा न,
      तँ कहाँ छस् ?
      मेराे राजा भन्थिन्
      बाचुन्जेल हरेकदिन तिम्रो नाम लिदै अाँसु झार्थिन्
      उज्यालो र अाँसुले नभिझेकाे अनुहार कहिल्यै थ्येन उनको

      तिमी त आमाको कान्छा छाेरा थियौं नि, बा
      सायद तिम्राे पीर मुटुमा बसेछ क्यारे आमालाई
      त्यसैले होला,
      उनले पनि अाज हामी सबैलाई एक्लै बनाएर गइन नि बा !

      तिम्रो लास उठाउँन अाएकाे तिम्रो माइला दाइ,
      कति माया गर्थ्यैं तिमीले !
      याद छ नि बा ?
      बर्षाैं राेगसँग लडेर बस्नुभएको थियाे उहाँ पनि,
      राेगलाई जित्न नसकेर
      अाज सबैलाई छाडेर जानू भाे उहाँले पनि !

      बा, तिम्रो अामा र दाइसँग भेट भयो त ?
      आमा कति रुनु भाे हाेला नि, तिमीलाई देखेर ?
      तिमी त निकै खुसी पनि भयाैं हाेला नि, अामालाई देखेर ?
      खुसी पनि मान्छेअनुसारको बनिदिने रहेछ नि, बा ?
      कोहि आउँदा खुसी अनि कोहि जाँदा !

      बा, तिम्री अामा र प्याराे दाइ भेटेकाले हाे र___
      तिमीले हामीलाई भुलेकाे ?
      तिमी त उतै खुसी छाै हाेला नि, बा ?
      तर यता हामीलाई तिम्रो अभाव सधैं खड्किने गर्छ, बा !

      अनि कि बा !
      सुन न___
      मास्तिरकाे तीनघरे जेठा
      तिम्रो प्रिय साथि थिए नि ?
      अाज ऊ पनि बितेर गएकाे बर्षाैं भयाे !
      कतै तिम्रो भेट भयाे कि छैन्, बा ?
      अनि तिमीलाई कराइरहने माथिल्लाेघरे बाेजु थिए नि ?
      उनी पनि बितेर गएकाे बर्षाै भयाे,
      तिमीसँग भेट भयाे हाेला है ?
      त्यहाँ पनि कराउँछिन् त तिमीलाई ?
      बा, रक्सि खाएकाे बेला उसकाे घरकाे बाटै हिड्न दिन्थिनन् अाज पनि रिसाउँछिन् त ती बाेजु ?

      तिमी सँगसँगै रक्सी खाने साथीहरु सबै बितिसके
      तिम्रो त उतै भेट हुन्छ हाेला नि, बा ?
      सबै मिलेर फेरि रक्सी नखाउ है बा !

      ए, बा याद छ तिमीलाई ?
      तिमी अाफूले खाँदै गरेर खाना समेत दिएर मायाले पालेका
      हल गाेरु पनि बेचिए नि,
      तिमीलाई रिस उठेन, बा ?
      रातभरि जूनकाे उज्यालोमा
      हलाे, अनाै, जुवा, पटाह बनाउथ्याैं नि बा, याद छ ?
      कसैले माग्न अाए बिग्रेको छ भनेर दिन्थेनाैं नि, बा ?
      हेरे त बा___
      अाज ती सबै मक्किएर गए
      भाचिएर गए
      कति त मैले नै चिरेर दाउरा बनाए
      रिसाएर झर्किदै कुट्न मन लागेन बा, तिमीलाई ?

      निदाउँदा सिरानीमुनि
      अनि उठेपछि तिम्रो कम्मरमा बाधिने सिरुवाते खुकुरी कसैलाई दिन्थेनाैं नि बा, याद छ ?
      अाज त्याे खुकुरी सबैले चलाएर तिमी हुँदाजस्तो छैन नि बा

      अनि कि बा___
      तिमीले साथैमा राख्ने कालाे टस थियाे नि,
      अामाले विदेशबाट ल्याइदिएको !
      अाज त्याे पनि हराएर कता पुग्यो, पत्तै छैन बा !
      जाेमसाेम जाँदा किनेकाे अारा याद छ, बा तिमीलाई ?
      कति मायाले राख्थ्याैं
      कसैलाई दिन्थेनाैं
      बेलाबेला धारलाई रहन्थ्याैं
      हेर न बा___
      अाज त्याे अारा पनि कता हरायो, हरायो पत्तै भएन !
      जङ्गलमा दाउरा काट्न भनेर बनाएकाे लामाे दाउ थियाे नि?
      त्याे पनि कसले लग्यो लग्यो बा !

      बा, तिमी गएपछि तिम्रो सबै समान पनि हरायो,
      तर तिम्रो याद कहिल्यै हराएन !

      ताताे घामपानी नभनी संसार डुलेर सबैलाई हात जाेड्दै
      एउटाएउटा बास मागेर रातदिन नभनी
      कति मेहनतले घर बनाएकाे थियौ नि बा, याद छ ?
      हेर त बा___
      अाज तिमी बितेको केही महिना नभई, त्याे घर पनि ढल्यो
      बा, नत तिमी रह्याैं
      नत तिम्रो मेहनतकाे घर रह्याे
      नत तिम्रा समान रहे
      केही रहेन, बा !

      हेर त___
      अाज हामीसगँ तिम्रो कुनै पनि चिजहरु छैनन्
      तिमी हुँदा सबै थियो
      जब तिमीले छाेडेर गयाैं सबैले छाेडेर गयाे

      बा, तिमीलाई माया लागेन___
      तिमी सँगसँगै घरकाे छाना लडेर जाँदा !
      हाम्रो बिचल्ली हालत देखेर कत्तिपनि मन दुखेन, बा ?

      साच्चै बा, सुन न___
      तिमीलाई झर्काे त लागेकाे छैन नि है ?
      खाेलामा कति मेहनत गरेर तिमीले राेपेकाे कदमकाे रुख
      हेर न, अाज जझुसुलकिराले बास गर्न थालेकाे छ, बा !
      तिमी भने अर्कै संसारमा बास गर्न पुग्यौं
      अनि तिमीले राेपेकाे बाँस कति धेरै झ्याङगिएकाे छ, बा !

      बा, स्वर्गमा आजभोलि तिमीलाई तिर्खा लाग्दैन र ?
      तिमीले बनाएकाे कुवामा गाउँले सबै अाउँछन्
      प्यास मेट्न
      तिम्रो अभाव खड्किदा म त्यहीँ कुवामा जान्छु
      तिम्रा यादहरु मेट्न !

      तिमी कसरी यति निष्ठुरी बन्न सक्यौं, बा ?

      बा, तिमी बस्ने ठाउँ कस्तो छ ?
      बेलाबेला तिमीलाई ब्लड प्रेसरले च्याप्छ
      अझै पनि उस्तै हाेला नि, बा ?
      बा, त्यहाँ पनि रक्सी पाउँछ र ?
      तिम्राे खराब बानी छ, रक्सी खाने !
      नखाउ है बा !
      त्यहाँ फेरि रक्सी खाने सबै साथी भेटेर
      खुसी मनाउँदै खाउला नि, बा !
      नखाउ है बा !
      फेरि प्रेसरले लड्याैं भने हामी हुनेछैनौं, तिमीलाई उठाउँने !
      फेरि हस्पिटल पनि नहाेला त्यहाँ !

      बा, तिमीबिना न त छाना रह्याे
      न नाना
      बा, अाज बर्षाै भाे तिमीले छाेडेर गएकाे
      तर किन तिम्रो अभाव सधैं खड्किरह्यो ?
      बा, तिमीबिना बहादुर बन्नै गाह्रो हुने रहेछ
      बा, तिमी बिना !
      तिम्रो साथबिना ।
      कवियत्री: शोभा दियाली (पथरी, मोरङ)

      Previous Post

      रामधुनीमा जितिया बिषेश कार्यक्रम

      Next Post

      युवराज श्रेष्ठको नेतृत्वमा वागेश्वरी वन; ‘जंगलको झाडी सफाइ’ गर्दै पहिलो थालनी

      हाम्राे शब्द

      हाम्राे शब्द

      पत्रकारिताका विभिन्न माध्यमहरु मध्य निकै प्रभावकारी देखिएको अनलाइन सञ्चार माध्यम हामीले सञ्चालनमा ल्याएका छौँ । पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि द्वारा हाम्रो शब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      सम्बन्धित खबर

      नेवारी नृत्यमा धरानको उत्कृष्टता : जिल्लास्तरीय लाखे नाँच प्रतियोगितामा ‘संस्कृति उत्थान मंच’ प्रथम
      कला/साहित्य

      नेवारी नृत्यमा धरानको उत्कृष्टता : जिल्लास्तरीय लाखे नाँच प्रतियोगितामा ‘संस्कृति उत्थान मंच’ प्रथम

      by हाम्राे शब्द
      १८/०४/२०८२
      0

      रामधुनी । नेवारी समुदायको मौलिक संस्कृति जगेर्ना गर्ने उद्देश्यले आयोजित जिल्लास्तरीय लाखे नाँच प्रतियोगितामा संस्कृति उत्थान मंच धरानले उत्कृष्ट प्रस्तुति...

      गाडीको बान्ता, होटलको घृणा र हरियो मकैको मिठास : ताप्लेजुङ यात्राको त्यो दिन
      कला/साहित्य

      गाडीको बान्ता, होटलको घृणा र हरियो मकैको मिठास : ताप्लेजुङ यात्राको त्यो दिन

      by adminIT
      ०६/०३/२०८२
      0

      चर्को घाम र गर्मीको बीच दिउँसोको ठीक २ बजे हामी फाल्गुनन्द गाउँपालिका हुँदै पाँचथर बजार छिर्यौँ । गाडीमा एकजना यात्रुसँग...

      सुनसरी जिल्ला अदालतमा अरुणिमाले हालेको सम्बन्ध विच्छेदको मुद्दामा के छ ?

      सुनसरी जिल्ला अदालतमा अरुणिमाले हालेको सम्बन्ध विच्छेदको मुद्दामा के छ ?

      १७/०१/२०८२
      कतारमा गुञ्जिँदै सुनिल चौधरी

      कतारमा गुञ्जिँदै सुनिल चौधरी

      १७/०९/२०८१
      इटहरीमा विजय मल्लद्वारा लिखित ‘बहुला काजीको सपना’ नाटक प्रस्तुत गरिने

      इटहरीमा विजय मल्लद्वारा लिखित ‘बहुला काजीको सपना’ नाटक प्रस्तुत गरिने

      १४/११/२०८०
      बराहक्षेत्रको एकमात्र सिनेमाहल पुनः सञ्चालन हुने, २४ गते स्थानीय लघुचलचित्र प्रदर्शन गरिने

      बराहक्षेत्रको एकमात्र सिनेमाहल पुनः सञ्चालन हुने, २४ गते स्थानीय लघुचलचित्र प्रदर्शन गरिने

      २२/०७/२०८०

      Discussion about this post

      No Result
      View All Result
      • बढी पढिएकाे
      • प्रतिक्रिया
      • ताजा खबर
      एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा

      एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा

      २३/०९/२०८२
      रामधुनी–७ का वडा अध्यक्ष केशव गौतम गाउँकै महिलासँग होटलबाट रंगेहात पक्राउ

      रामधुनी–७ का वडा अध्यक्ष केशव गौतम गाउँकै महिलासँग होटलबाट रंगेहात पक्राउ

      २४/०८/२०८०
      रामधुनीमा एक महिलामाथि सामुहिक रुपमा निर्घात कुटपिट

      रामधुनीमा एक महिलामाथि सामुहिक रुपमा निर्घात कुटपिट

      १३/०५/२०८०
      होटलबाट महिलासँग रंगेहात पक्राउ परेका वडा अध्यक्ष गौतम एमालेबाट निलम्बित

      होटलबाट महिलासँग रंगेहात पक्राउ परेका वडा अध्यक्ष गौतम एमालेबाट निलम्बित

      २४/०८/२०८०

      Hello world!

      0
      समृद्ध सुनसरी–३ को लक्ष्यसहित भगवती चौधरीद्वारा चुनावी प्रतिबद्धता सार्वजनिक

      समृद्ध सुनसरी–३ को लक्ष्यसहित भगवती चौधरीद्वारा चुनावी प्रतिबद्धता सार्वजनिक

      0
      १० महिनामा दुई हजार ४२३ मा स्क्रब टाइफस पुष्टि

      १० महिनामा दुई हजार ४२३ मा स्क्रब टाइफस पुष्टि

      0
      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      0
      समृद्ध सुनसरी–३ को लक्ष्यसहित भगवती चौधरीद्वारा चुनावी प्रतिबद्धता सार्वजनिक

      समृद्ध सुनसरी–३ को लक्ष्यसहित भगवती चौधरीद्वारा चुनावी प्रतिबद्धता सार्वजनिक

      ११/११/२०८२
      आफ्ना सन्तानलाई सुनसरी स्टार एकेडेमीमा पढाउने १० एकल महिला सम्मानित

      आफ्ना सन्तानलाई सुनसरी स्टार एकेडेमीमा पढाउने १० एकल महिला सम्मानित

      ०९/११/२०८२
      रामधुनीमा रास्वपा समर्थकले रक्सी सेवन गरेर एमालेको बैठकमा अवरोध गरेको रुद्र बस्नेतको आरोप

      रामधुनीमा रास्वपा समर्थकले रक्सी सेवन गरेर एमालेको बैठकमा अवरोध गरेको रुद्र बस्नेतको आरोप

      ०४/११/२०८२
      सुनसरी–२ मा १ लाख ५८ हजार ९१० मतदाता, ४० वर्षमुनिका युवा ४१ प्रतिशत

      सुनसरी–२ मा १ लाख ५८ हजार ९१० मतदाता, ४० वर्षमुनिका युवा ४१ प्रतिशत

      ०३/११/२०८२

      हाम्राे बारेमा

      पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि. द्वारा हाम्रोशब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      हाम्राे टिम / सम्पर्क

      अध्यक्ष/सञ्चालक : शिशिर भट्टराई
      सम्पादक : अञ्जना चौधरी
      सम्वाददाता : रिता ढकाल
      संवाददाता : नविन दाहाल
      ठेगाना : रामधुनी-५, सुनसरी
      सम्पर्क इमेल : hamrosabda24@gmail.com
      माेबाइल नम्बर : ९८६२९७७०६६

      दर्ता विवरण

      कम्पनीकाे नाम : शुभयुग मिडिया प्रा.लि.
      कम्पनी दर्ता नं. : २३८९३५/२०७७/०७८
      स्थायी लेखा नं. : ६०९७६७२९८
      प्रेस काउन्सिल सूचिकृत नं.: ३९१७
      सूचना विभाग दर्ता नंं. : ३७३९/२०७९/०८०

      फेसबुकमा फलाे गर्नुहाेस्

      © Shubhayug Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana